न्याम्सको पदाधिकारी नियुक्ति बेलुका ८ बजे बालुवाटारमा

काठमाडौँ, १ चैत । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को रिक्त पदाधिकारीहरुको नियुक्ति आज हुने भएको छ । उपकुलपति सहित विभिन्न पदमा नियुक्ति पाउने भनिएकाहरुलाई बेलुका ८ बजे प्रधानमन्त्री निवास बालुवाटार बोलाइएको छ ।

उपकुलपतिमा नियुक्ति पाउन लागेका प्राडा डीएन शाह विराटनगरबाट आउन ढिलाई भएपछि बेलुकाको समय मिलाइएको बताइएको छ । ‘बेलुका ८ बजे बालुवाटारमा बोलाइएको छ । कुलपति र सहकुलपतिको उपस्थितिमा उपकुलपतिले पत्र नियुक्ति पत्र पाउने र त्यस लगत्तै उपकुलपतिको शिफारिसमा अन्य पदाधिकारीहरुले नियुक्ति पाउने भनिएको छ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने ।

सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी नेकपा र संघीय समाजबादी फोरमबीच भागवण्डा मिलेपछि झण्डै साढे सात महिना देखि रिक्त उपकुलपति सहित अन्य पदाधिकारीहरुको नियुक्तिले गति लिएको हो ।

सहमति अनुसार न्याम्सको उपकुलपतिमा प्राडा डीएन शाह, रेक्टरमा डा सुवोध अधिकारी र रजिष्टारमा प्राध्यापक प्रमिला देवानले नियुक्त पाउनेछन् । यस्तै डीनमा डी पिउस दाहाल, वीर अस्पतालको निर्देशकमा डा केदार सेन्चुरी र राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकमा डा प्रमोद यादवले नियुक्ति पत्र पाउनेछन् ।

यसअघि रजिष्ट्रारमा डा दिलीप शर्मा हुने भनिएपनि अन्तिम अवस्थामा उनको नाम हटाएर प्राध्यापक देवानलाई सो ठाँउमा ल्याएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *