सुरक्षित गर्भपतन सेवा प्रभावकारी बन्दै

प्रेम रौले

मार्तडी, २९ फागुन । जिल्लामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । कम उमेरमा विवाह गर्ने गरेका महिलाको सङ्ख्यामा वृद्धि हँुदै गएकाले उनीहरु नै २० वर्ष कम उमेरका महिलाले गर्भपतन गर्ने गरेको स्थानीय तहका स्वास्थ्य संस्थामा तथ्याङ्क रहेको पाइन्छ ।

खप्तड छेडेदह गाउँपालिका साविकको आटीचौर गाविसको आटीचौर स्वास्थ्य चौकीबाट ४१ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

खप्तड छेडेदह गाउँपालिकामा पर्ने आटीचौर स्वास्थ्य चौकीबाट एक वर्षभित्रमा सुुरक्षित गर्भपतन सेवा लिने महिलाको सङ्ख्यामा उल्लेख वृद्धि भएको छ । सेवा शुरु हुनुअगावै सेवा लिनेको सङ्ख्या कम देखिए पनि विस्तारै महिलाले सेवा लिने क्रममा वृद्धि भएको छ ।

तथ्याङ्कअनुसार हालसम्म ४१ महिला एवं किशोरीको ज्यान जोखिमबाट बचेको पाइएको छ । स्वास्थ्य संस्थाबाट सेवा नपाएको भए धेरै महिलाले असुरक्षित गर्भपतन गराउने गरेको थियौँ सेवा सञ्चालन भएपछि धेरै सजिलो भएको स्थानीय कुशम ओलीले बताउ।

यसैगरी बूढीगङ्गा नगरपालिकाको देवलसैन र टाँटे स्वास्थ्य चौकीबाट साउनदेखि माघ महीनासम्म जम्मा १०१ महिला तथा किशोरीले सुरक्षित गर्भपतन सेवा लिएको सोही स्वास्थ्यचौकीका अनमी ताराकुमारी शाहीले बताइन् । त्रिवेणी नगरपालिका साविकको कैलाशमाडौँ स्वास्थ्य चौकीमा पनि साउनदेखि माघसम्ममा ५४ महिला तथा किशोरीले सुरक्षित गर्भपतन सेवा लिएको अनमी सावित्री रोकायाले जानकारी दिइन् ।

गत वैशाखबाट सेवा शुरु भएको कार्यक्रमले स्थानीय महिलालाई निकै सहज भएको स्थानीय महिलाको भनाइ रहेको छ । जिल्लामा सुरक्षित गर्भपतन सेवा निःशुल्क रुपमा सरकारले लागू गरेको एक वर्ष पुगेको छ ।

इच्छा नभएका गर्भ गर्भपतन गराउन आवश्यक महिला तथा किशोरीलाई सुरक्षितरुपमा गर्भपतन गराउने वातावरण तयार पार्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आइपास बाजुरामा जिल्ला संयोजक महेशराज जोशीले बताए ।

उनले गर्भपतन गर्नुपर्छ भन्ने कार्यक्रमको उद्देश्य नभएको तर असुरक्षित गर्भपतनका कारण आमाको स्वास्थ्यमा पर्ने असरलाई रोक्न सहयोग पु¥याउन जिल्ला संयोजक जोशीले बताए ।

उक्त कार्यक्रम जिल्लाका साविकका छ गाविसमा लागू भएको छ । सुरक्षित गर्भपतन गर्दा हुने महिलालाई सहज र सेवाका बारेमा स्थानीयस्तरका महिलामा परामर्शका कारण एक वर्षयता स्वास्थ्यकर्मीको सल्लाहअनुसार सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा बढेको कैलाशमाडौँ स्वास्थ्य चौकीका प्रमुख प्रकाशविक्रम शाहीले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *