भाषण गर्दा रिंगाटा लागेपछि अस्पताल दौडाईएकी नेतृ चौधरी बाटोमै बेहोस

बेहोस पछि राप्ती प्रादेशिक अस्पतालमा उपचाररत नेतृ चौधरी

दाङ, २८ फागुन । नेकपा संसदीय दलका सचेतक शान्ता चौधरी अचानक अस्वस्थ भएकी छन् । दाङ तुलसीपुरमा रहेको उच्च सरकारी वकिल कार्यालयको नयाँ भवन उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्ने क्रममा रिँगटा लागेपछि उनलाई तत्कालै अस्पताल लगिएको थियो ।

स्वकिय सचिव सन्तोष दहितका अनुसार रिँगाटा लागेपछि चौधरीलाई तुलसीपुर उपमहानगरपालिकाका प्रमुखको गाडीमा अस्पताल दौडाइएको थियो । सो क्रममा उनी बाटोमै बेहोस भएकी थिइन ।

बिहान करीब १० बजेतिर बेहोस भएकी चौधरीको दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि होशमा आएकी छन् । चिकित्सकले अहिले उनको अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।

बेहोस हुनु अघि भाषण गर्दै नेतृ चौधरी

अहिले उनको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ । उच्च रक्तचापका कारण यस्तो समस्या देखिने गरेको स्वकीय सचिव दलिहतले चिकित्सकलाई उद्धृत गर्दै बताए ।

चौधरी यसअघि संविधान दिवसका अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा पनि बेहोश भएकी थिइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *