पूर्व मुमा बडामहारानी रत्नको स्वास्थ्यमा सुधार, डिस्चार्ज हुन् अझै केही दिन लाग्ने

काठमाडौँ, २८ फागुन । नर्भिक अस्पतालमा उपचाररत पूर्व मुमा बडामहारानी रत्नराज्यलक्ष्मी देवी शाहको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । गम्भीर अस्वस्थ भएपछि ९१ बर्षीया पूर्व मुमा बडामहारानी शाहलाई परिवारले एक साता अघि नर्भिक पुरयाएका थिए ।

उनको उपचारमा अहिले डा मधु घिमिरे, डा ब्रजेन्द्र श्रीवास्तवको टोली खटिएको छ ।

अस्पताल स्रोतका अनुसार पूर्व मुमा बडामहारानी शाहलाई अस्पताल ल्याउदा देखिएको समस्याहरु खोकी लाग्ने, पिसाव नहुने, दिशा पातलो हुने लगायतका समस्या हटेको छ ।

रगतमा देखिएको कडा संक्रमण पनि हटेर निको भईसकेको छ । यद्धपी केही परीक्षणहरको प्रतिवेदन अझै आउन बाँकी रहेकाले उनलाई अस्पतालमै राखिएको छ ।अस्पताल स्रोत भन्छ, ‘उहाँलाई अझैँ तीन या चार दिन अस्पतालमै राखिन्छ होला ।’

शाहको रेखदेखमा अहिले सुसारेहरु नै खटिएका छन् । मध्य तथा पूर्वी तराईको भ्रमणमा निस्किसकेका पूर्वराजा ज्ञानेन्द्र शाह आमा विरामी भएपछि काठमाडौँ फर्किएका थिए । तर केही दिन बसेपछि उनी तराई झरीसकेका छन् ।

अहिले अस्पतालमा बुहारी अर्थात पूर्व रानी कोमल, नाती पारस, पनाती हृदयन्द्र लगायत अरु सदस्यहरुले आउने र अवस्था बुझ्ने काम गरेका छन् ।

पूर्व मुमा बडामहारानी शाहलाई नर्भिकको सबैभन्दा महंगो भिभिआईपी सुइटमा राखी उपचार गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *