थप २२३ डाक्टरको दरबन्दी संघ मातहतमा थपियो

काठमाडौँ, २८ फागुन । थप पाँचवटा अस्पताल संघ अन्तरगर्त रहने निर्णय भएसंगै त्यहाँ कार्यरत आठौँ देखि ११ औँ तहका डाक्टरको दरबन्दी पनि संघीय सरकार अन्तरगर्त रहने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार आठौँ देखि ११ औँ तहका २२३ जना डाक्टरहरुको दरबन्दी संघ अन्तरगर्त रहने गरी अपलोड गरिदिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले सामान्यले पछिल्लो पटक संघीय अस्पतालमा स्तरबृद्धि भएका पाँचवटा अस्पतालमा कार्यरत डाक्टरको दरबन्दी संघ अन्तरगर्त राख्ने गरी सोमबार अपलोड गरिदिएको बताए ।

पछिल्लोपटक संघ अन्तरगर्त रहने गरी स्तरबृद्धि भएका अस्पतालहरुमा कोशी अञ्चल अस्पताल, नारायणी उपक्षेत्रिय अस्पताल, भरतपुर अस्पताल, भेरी अञ्चल अस्पताल र डडेलधुरा उपक्षेत्रिय अस्पताल छन् ।

पाँचवटा अस्पतालको दरबन्दी थपिएसंघै सामान्यले यसअघि निकालेको संघ तथा प्रदेशमा अन्तरगर्त रहने सहसचिवहरुको सूचीमा समेत परिवर्तन हुने देखिएको छ । अब सूची फेरिएर आउने भएको छ । मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने ।

सामान्यले सूची प्रकाशित गरेको एक महिना बढी भईसक्दा समेत पत्र नदिएको भन्दै स्वास्थ्यका कतिपय सहसचिवहरु निरास बनेका छन् । लामो समय फाजिलमा राखिएका उनीहरुले दरबन्दीमा सूची पुन सच्याइने भनेपछि काखापाखा गर्न लागेको आशंका उब्जिएको बताउँदै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *