जोडिएको शरीर छुट्याएर घर फर्किए भुटानी जुम्ल्याहा नानीहरु

शरीर छुट्याइएका जुम्ल्याहा नानीहरु खेल्दै

एजेन्सी । जोडिएको शरीर शल्यक्रिया गरी छुट्याइएको चार महिना पछि भुटानी जुम्ल्याला नानीहरु अष्ट्रेलियाबाट स्वदेश फर्किएका छन् ।
शरीरको छातीको भाग जोडिएको अवस्थामा जन्मिएका बालिकाहरु निमा र दावालाई अष्ट्रेलियाको मेलवर्नस्थित रोयल चिल्ड्रेन अस्पतालमा गत नोभेम्वर ९ मा शल्यक्रिया भएको थियो ।

त्यसबेला उनीहरु १५ महिनाका थिए । शल्यक्रिया गरेको चार महिना पछि गत बिहीबार उनीहरु भुटान फर्किएका हुन् ।

स्वदेश फर्किएपछि बालिकाहरुकी आमा भुङ्चु ज्याङ्मोले आफ्ना दुई सन्तानले पुर्नजन्म पाएको प्रतिक्रिया दिएकी छन् । उनले आफ्ना छोरीहरुको उपचारमा सम्लग्न चिकित्सक, अस्पताल र उपचारका लागि सहयोग गर्ने सबैप्रति अभार व्यक्त गरेकी छन् ।

यता चार महिना अघिसम्म एउटै जोडिएको अवस्थामा रहेका रहेका निमा र दावा अहिले पनि एक अर्काप्रति नजिक रहेको उनीहरुको स्याहारमा खटिएका नर्सहरुले बताएका छन् ।

उनीहरु छुट्टा छुट्टै खेल्ने अवस्थामा त छन् । तर भावनात्मक रुपमा निकै नजिक छन् जस्तो लाग्छ । रोयल चिल्डेन अस्पतालकी एक जना नर्सले बताइन ।

शल्यक्रिया गर्नु अघि यस्तो थियो जुम्ल्याहा नानीहरुको शरीर

ती दुईको शरीर छुट्याउन गरिएको शल्यक्रियामा चिकित्सकहरुले ६ घण्टा लगाएका थिए ।

त्यसबेला शल्यक्रियाको नेतृत्व गरेका सर्जन डा. जोए क्रामेरीले शल्यक्रिया सफल भएको र स्वास्थ्यमा सुधार हुने विश्वास व्यक्त गरेका थिए । त्यसपछिको चार महिना चिकित्सकीय निगरानीमा राखिएको थियो ।

चिकित्सकहरुका अनुसार पेट तथा छाती जोडिएको अवस्थामा जन्मिएको जुम्ल्याहा नानीहरुको कलेजो समेत जोडिएको थियो । शल्यक्रियाका लागि अस्पतालले सर्जन, नर्स तथा एनेस्थेसियाका गरी २५ जना खटिएको बताएको थियो ।

तिनीहरुको शरीर छुट्याउने शल्यक्रिया गर्न धेरै खर्च लाग्ने भएकाले चिल्ड्रेन फस्ट फाउन्डेसन नामक संस्थाले च्यारिटी शो गरेर खर्च जुटाइदिएको थियो । उनीहरुको उपचारमा २५० हजार अष्टेलियन डलर खर्च भएको बताइएको छ ।

बच्चाको उपचार गराउन आमा भुङ्चु ज्याङ्मो गएको अक्टोबर २ मा अष्ट्रेलियाको मेलबर्न शहरमा पुगेकी थिइन् । डाक्टरहरुले नोभेम्बर ९ मा उनीहरुको शल्यक्रियाको मिति तोकेका थिए ।

डा क्रेमरीका अनुसार शरीर जोडिएको केश अत्यन्थ थोरै हुने गर्दछ । प्रति दुई लाख जन्ममा यस्ता केश हुन सक्छन् । उनले भने । तर जन्मेका सबैले यो अवसर पाउँदैनन् ।

सो अस्पतालले सन् २००९ मा पनि टाउको जोडिएका बंगलादेशी जुम्ल्याहा बच्चाको सफल शल्यक्रिया गरेको थियो । तृष्णा र कृष्णा नाम गरेका ती बालिकाको शल्यक्रिया गर्न चिकित्सकलाई त्यसबेला ३२ घण्टा लागेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *