आउँदो बर्षका लागि स्वास्थ्य मन्त्रालयले पायो साढे ३४ अर्वको बजेट ‘सिलिङ’

काठमाडौँ, २६ फागुन । सरकारले स्वाथ्य तथा जनसंख्या मन्त्रालयका लागि गतवर्ष भन्दा ४० करोड बढीको बजेट सिलिङ पठाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार आगामी आर्थिक बर्षका लागि संघ अन्तरगर्त ३४ अर्व ४८ करोड ८८ लाखको बजेट सिलिङ पठाएको हो ।

गतवर्ष मन्त्रालय (संघ)का लागि ३४ अर्व ८ करोडको सिलिङ तोकिएको थियो ।

यस्तै सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि आगामी आर्थिक बर्षका लागि पनि छ अर्वको सिलिङ तोकेको छ । गतवर्ष पनि स्वास्थ्य बीमा बोर्डलाई ६ अर्वकै सिलिङ पठाएको थियो ।

चालु आर्थिक बर्षको सात महिनाको अवधीमा आशातित बजेट खर्च भने भएको छैन । यसले गर्दा योजना आयोगले पनि उत्साहजनक रुपमा बजेट सिलिङ नपठाएको सरोकारवाला बताउँछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *