अस्पतालमा भर्ना भएका नवजात शिशुहरुको मृत्युपछि स्वास्थ्य मन्त्रीले दिए राजिनामा !

एजेन्सी । अस्पतालमा भर्ना भएका शिशुहरुको रहस्यमय मृत्युपछि ट्युनिसियाका स्वास्थ्य मन्त्रीले पदबाट राजिनामा दिएका छन् ।

राजधानी ट्युनिसको एक अस्पतालमा भर्ना भएका ११ जना नवजात शिशुहरुको २४ घण्टा भित्रै मृत्यु भएपछि स्वास्थ्य मन्त्री एब्डेल राउफ एल शेरिफले शनिबार राजिनामा दिएको स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै रोयटर्सले जनाएको छ ।

‘स्टेट डियाट्रिक हस्पिटल राप्टा क्लिनिक’मा गत बिहीबार र शुक्रबारको बीचमा ११ जना नवजात शिशुको मृत्यु भएको थियो ।

ट्युनिसियाको पेडियाट्रिक सोसाइटले अस्पतालमा संक्रमणको कारण शिशुको मृत्यु भएको हुनसक्ने जनाएको छ ।

प्रधानमन्त्री युसुफ छेडले औषधिलगायतका स्वास्थ्य उपकरण, सरकारी अस्पतालको सेवा र सरसफाइको विषयमा केन्द्रित रहेर अनुसन्धान सुरु गरिएको बताएका छन् ।

ट्युनिसियाको सार्वजनिक स्वास्थ्य सेवा उत्तर अफ्रिकामा उत्कृष्ट मानिन्छ । साथै चिकित्सा क्षेत्र राजश्वको एक प्रमुख स्रोत मानिन्छ । तर सन् २०११ मा राष्ट्रपति जिन अल अबिदिनको सत्ताच्युत भएपछि स्वास्थ्य सेवा प्रभावित भएको मानिन्छ ।

आर्थिक, व्यवस्थापकीय कमजोरीको कारण ट्युनिसियाले  पछिल्लो समय औषधि अभाव लगायतका समस्या  झेल्दै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *