पूर्व मुमाबडामहारानी रत्नलाई रगतमा संक्रमण

काठमाडौँ, २३ फागुन । अस्वस्थ भएपछि तीन दिन अघि नर्भिक अस्पतालमा भर्ना गरिएकी पूर्व मुमा बडामहारानी रत्नलाई रगतमा संक्रमण भएको पाइएको छ ।

उपचाररमा सम्लग्न चिकित्सकलाई उदृत गर्दै अस्पताल स्रोतले परीक्षणका क्रममा रगतमा संक्रमण देखिएको जानकारी दिएको छ । चिकित्सकहरुले यतिवेला संक्रमण घटाउने औषधि चलाइ रहेका छन् ।

एक साता देखि लागेको खोकीको घरमै उपचार गरिरहेकी ९१ बर्षीया रत्नलाई पखला लाग्ने र पिसाव कम हुने समस्या थपिएपछि परिवारले गत मंगलबार नर्भिक पुरयाएका थिए । लगत्तै उनको परीक्षण सुरु भएको थियो ।

रत्नको उपचारमा अहिले डा खगेन्द्रबहादुर श्रेष्ठ, डा मृगेन्द्रराज पाण्डे, डा मधु घिमिरे, डा ब्रजेन्द्र श्रीवास्तवको टोली खटिएको छ ।

पूर्व राजा ज्ञानेन्द्रले भेटे आमालाई
पूर्वी तराईको भ्रमणमा निस्किएका पूर्वराजा ज्ञानेन्द्र आमा रत्न विरामी भएको थाह पाए लगत्तै कार्यक्रम स्थगित गरी काठमाडौँ फर्किएका छन् ।

उनले बुधबार नै नर्भिक पुगेर आमा रत्नलाई भेटेका छन् । अस्पताल स्रोतका अनुसार पूर्वराजा आज पनि आमालाई भेटन नर्भिक जाँदैछन् ।

नाती पारसले ल्याएका थिए हजुरआमा रत्नलाई नर्भिकमा

छोरा ज्ञानेन्द्र राजधानी बाहिर भएको समयमा ब्यथाले च्याप्न थालेपछि पूर्व मुमावडामहारानी रत्नलाई नाती पारसले नै रेखदेख गरेका थिए । बयोबृद्ध हजुरआमालाई नर्भिकमा नाती पारसले नै लगेका थिए ।

नर्भिक स्रोत भन्छ, ‘आफै पनि कमजोर अवस्थाका पारसले हजुर आमाप्रति निकै स्नेह देखाएका छन् । अस्ती उनी आफैले अस्पताल लिएर आए, त्यसपछि हिजो, आज पनि उनी लामो समय अस्पतालमै विताएका छन् ।’

पारस मात्रै होइन, पूर्वरानी कोमल, पनाती हृदयन्द्र लगायतका परिवारका सबै सदस्यहरु नर्भिक आईजाई गरिरहेका छन् । ‘हिमानी भने यसपटक देखिएकी छैनन् । सायद देश बाहिर भएकोले होला,’ अस्पताल स्रोतले भन्यो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *