‘संघ अन्तरगर्त रहेकैले अहिलेसम्म गाँउमा डाक्टर नगएका हुन्’

दिनेशकुमार थपलिया, सचिव : संघीय व्यवस्था तथा सामान्य प्रशासन मन्त्रालय

कर्मचारी समायोजनको असर स्वास्थ्य क्षेत्रमा पनि देखिएको छ । स्वास्थ्य समूहका सहसचिव तहका कर्मचारीले पत्र पाएनौँ भनेका छन् , डाक्टरहरुले आफूलाई केन्द्र सरकार अन्तरगर्त राख्नुपर्ने भन्दै आन्दोलन गरेका छन्। यो विषयलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कसरी लिएको छ ? सो मन्त्रालयका सचिव दिनेशकुमार थपलियासंग नेपाली हेल्थका लागि रामप्रसाद न्यौपानेले केही कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सारसंक्षेप :

सहसचिवहरुको समायोजन सूचि प्रकाशित भएको एक साता नाघिसक्यो, स्वास्थ्यका सहसचिवहरुले अझै पत्र पाएका छैनन्, किन यस्तो ढिलाई ?
अरु समूहका सहसचिवहरुको पत्र वितरण भइरहेको छ । तर स्वास्थ्यका सहसचिवको पत्र वितरण हुन बाँकी छ । फारम भर्दा नै केही गडवडी गरेका सिनियरहरुको समायोजनमा समस्या पर्यो भन्दै लिखित रुपमै गुनासो गर्न थालेपछि यसलाई सच्याउन खोजिएको हो । त्यसैले केही ढिला पनि भएको हो । स्वास्थ्यमा मात्रै होइन कृषिमा पनि यो समस्या परेको छ ।

भनेपछि संघ र प्रदेशमा जाने सहसचिवहरुको सूचि फेरी बदलिने भयो ?
निकै समस्या भयो भन्दै लिखित रुपमै केही गुनासा आएपछि हामीले मिलेसम्म सच्याउन खोजेका हौँ । तर त्यसरी सच्याउँदा प्रदेशमा भएको दरबन्दी खालि गरेर सच्याउने काम हुँदेन । जस्तो संघमा २० जनाको दरबन्दी र प्रदेशमा १० जनाको दरबन्दी छ भने त्यहाँ ९ जना हुने हुँदैन् । त्यहाँ दश जना नै हुनुपर्छ । बरु १० को ११ भए पनि हामी खुशी । तर केन्द्रमा सोर्स लगाएर विभिन्न बहानामा बस्न चाहि पाइदैन ।

यहाँलाई थाह छ कि छैन सरकारी डाक्टरहरुको पनि आन्दोलन छ, उनीहरुले आफूलाई संघ अन्तरगर्त राखियोस भन्ने माग गरेका छन्, यसमा सामान्यले के सोचेको छ ?
डाक्टरहरुको विषयमा पनि हामी बस्यौँ । हिजो मात्रै बस्यौँ । कुरा के हो भने अहिले समायोजनले को के हो भन्दैन । समायोजनको सिन्दान्तमा सबैलाई बराबरी हो । एउटा गाँउ पालिकाका प्राथमिक स्वास्थ्य केन्द्र छ र त्यहाँ डाक्टरको दरबन्दी छ भने त्यहाँ डाक्टर पुरयाउने भन्ने नै हो । यसमा डाक्टरहरुले बहानाबाजी गर्न मिल्दैन ।

डाक्टरहरुले हामी स्थानीय तहमा जान्छौँ तर हामीलाई संघ अन्तरगत राखियोस भनेका छन नि ?
हुँदैन । तपाईँलाई कतिको थाह छ संघ अन्तरगर्त भएका कारणले नै आजसम्म डाक्टर गाँउ नगएको हो । मिठो भन्नुस् तितो भन्नुस् यथार्त यहि हो । त्यसैले अहिले संघ अन्तरगर्त राख्नुपरयो भनेर मैले मान्दिन । नियमले पनि मिल्दैन । अब सरकारले नै छुट्टै निर्णय गरयो र कार्यान्वयन गर्न मलाई आदेश दियो भने त्यो फरक कुरा भयो ।

होइन डाक्टरले संघमा मात्रै राखियोस, स्थानीय तहमा हामी जान्छौँ भनेका छन त 
म पनि गाँउको मान्छे हुँ । मेरा गाउँको डाक्टरको दरबन्दीमा आजसम्म डाक्टर पुगको छैन । संघबाट दरबन्दी राख्ने तर गाँउमा जाने डाक्टरहरु मन्त्रालयबाट विदेश पढ्न जाने । पढेर आएपछि त्यहाँ उपकरण छैन् । योग्यता मिल्दैन भन्ने । उस्तै परे सेवा नै छाड्ने तर गाँउ नजाने । आदि अहिलेसम्म देखिएको यथार्त हो । संघमै राख्दा अब पनि डाक्टरले त्यसो गर्दैनन् भन्न सकिन्छ ?

उसोभए अब आन्दोलनको समाधान के त ?
एउटा गाँउपालिकाका सबै समूहका कर्मचारी हुन्छन् । अरु सबै गाँउपालिकाको कर्मचारी हुन हुने तर डाक्टर चाहि त्यो गाँउपालिका अन्तरगर्त रहन नहुने ? डाक्टरको दरबन्दी संघीय सरकारकै हुनुपर्छ भन्ने संघीयता हो यो ? त्यो डाक्टर त जो गाँउपालिकामा पुग्छ त्यहाँको अध्यक्षप्रति उत्तरदायि हुनुपर्छ नि । अनि दरबन्दी केन्द्रमा राखे गाँउपालिकाप्रति उत्तरदायि हुन्छ त्यो मान्छे ? गाँउमा महामारी चल्यो भने गाँउपालिका अध्यक्षले अहिले केन्द्रका डाक्टर आएका छैनन्, ए किटाणुहरु हो एक छिन पर्ख हतार नगर भनेर बस्ने ? यो कुरा त बुझ्नुपरयो नि सबैले । डाक्टरले पनि ।

अरु समूह भन्दा आफूहरु फरक हो,  नियमित अपडेट हुनुपर्छ, डिग्री लिनुपर्छ, तालिममा सहभागी भै राख्नुपर्छ भन्ने डाक्टरको तर्क छ, अरु समूहलाई जस्तै समान रुपमा राखेर हेर्न मिल्छ र ?
अहिले पनि ८० प्रतिशत मानिसहरु गाँउमा बस्छन् । उनीहरुका नाममा अर्थात गाँउका लागि डाक्टर नियुक्ति हुने तर ती डाक्टरको अनुहार नहेरी ती गाँउका बासिन्दा मर्नुपर्ने । अहिलेसम्म देखिएको कुरा यहि हो । अर्को कुरा गाँउमा बस्नेले अपडेट हुनै पाउँदैन, तालिम नै लिन पाउँदैन कसले भनेको छ र ? सबै समूहका कर्मचारीहरु अपडेट हुन्छन् । तालिम लिन्छन् । होइन भने कि भन्नुपरयो संघीयता भनेको डाक्टर बाहेककालाई हो भनेर । त्यसैले विषय व्यक्तिको होइन विषय प्रणालीको हो । प्रणाली अनुसार सबैले चल्नुपर्छ ।

सबै डाक्टर गाँउमा जानका लागि त्यहाँका स्वास्थ्य संस्था पनि त्यहि खालको हुनुपर्छ होला नि, मानिलिउ एउटा डाक्टरले थप अध्ययन गरी कार्डियाक सर्जन बन्यो त्यो डाक्टर पनि त्यहि नै बस्नु पर्ने ? योग्यता अनुसार सेवा गर्न उपकरण पूर्वाधार पनि त हुनुपर्ने होला नि होइन र ?
ठिक भन्नुभयो । एउटा आठौँ तहको डाक्टर गाँउमा गएको थियो । उ एकदम पढेर मुटुरोग विशेषज्ञ भयो अब त्यहाँ मुटृुरोगको काम गर्ने ठाँउ त छैन नि । तपाईँले भनेको यहि हो । हो यस्तो हो भने त्यस्ता स्पेशल क्षमता भएका डाक्टरहरुलाई केन्द्रीय सरकारले निर्णय गरेर त्यस्ता योग्यता पुगेका डाक्टरलाई काम हुने ठाँउमा तोक्न सकिने गरी दफा कानुनमा राख्न सकिएला सकिन्छ । हामीले त्यो दफा संघीय निजामती ऐनमा राख्न सक्छौँ । त्यसमा प्रदेश भित्र छ भने प्रदेश भित्रै र बाहिरै जानुपर्ने छ भने बाहिर पनि पनि सरुवा गर्ने व्यवस्था मिलाउन सकिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

10 thoughts on “‘संघ अन्तरगर्त रहेकैले अहिलेसम्म गाँउमा डाक्टर नगएका हुन्’

  1. “मेरा गाउँको डाक्टरको दरबन्दीमा आजसम्म डाक्टर पुगको छैन । ”
    sir ko gaun chai kun paryo thaha paye hunthyo..

  2. Sachib ajhai 10 barsa pachadi raixan,durgam jana tachad machad hunxa thahai chaina, gau ma ghar hola tara barsau ktm bahira na gayeko pakka ho, ini lai ni oli ra lal babu ko hawa ley choyekai ho

  3. सङ्घ अन्तर्गत परिचालित भएकाले नै डाक्टरहरु गाउँ गाउमा नगएका हुन रे!!!!
    यो आरोप / भावना/ कुन्ठा/ रिस/ राग/ ईर्ष्या जे पनि हुनसक्ला!!!! तर यथार्थ पटक्कै होइन!!!
    आजको दिनमा पनि अति दुर्गम जन्छु भनी माग्दा मन्त्रालयले ठाउँ पुर्याउन नसकेकाले बाध्य भएर सुगम मा खटिनुपरेको छ! अधिकान्श डाक्टरहरुले (जसमध्ये म स्वयम् पनि एक हु)!!!! यस्ता गलत तथा भ्रमपुर्ण अभिब्यक्ती दिनुहुने सबैलाइ म चुनौती दिन्छु!!! मलाइ गलत प्रमाणित गर्नुहोस! आउनुस प्रत्यक्ष बहस गरौ!!!!
    होइन भने गलत अभिब्यक्ती दिएर जनमानस मा भ्रम को खेती नगरौ!!!
    आजको दिनमा पनि हाम्रो माग दुर्गम/ गाउँ नजाने भन्ने पटक्कै होइन!!!!
    हाम्रो माग —-
    १)वृत्ती बिकास नरोकियोस
    २)सीप आर्जन गर्न बाधा नपरोस
    ३)आर्जित शिपले जनताको सेवा गर्ने अवसरबाट बन्चित नगराइयोस
    ४)कनिष्ठ कर्मचारिको तल रहेर काम गर्न सक्दैनौ

    भन्ने हुन!!!!!!

  4. लोकसेवा बाट आएका डाक्टरहरु तछाड मछाड गर्दै दुर्गम त्यसमा पनि प्रा. स्वा. के. मा सेवा गर्ने गरेको थाहा छैन जस्तो छ सचिबज्युलाइ, उहिलेको बाजेको पालाका कुरा बर्तमानमा नसाध्ने की ?!!! डाक्टरहरुको सेवा पहिले देखि नै संघीय प्रणालीमा छ नत्र गाउँ गाउमा डाक्टर किन पुग्थे? अलिकता अपडेट हुनु पर्यो सचिव ज्यु
    पत्रकार महोदय हरूले बुझनुपर्यो यो कुरा जनमानसमा भ्रम पैदा गर्नु सामाजिक अपराध हो।

  5. सङ्घ अन्तर्गत परिचालित भएकाले नै डाक्टरहरु गाउँ गाउमा नगएका हुन रे!!!!
    यो आरोप / भावना/ कुन्ठा/ रिस/ राग/ ईर्ष्या जे पनि हुनसक्ला!!!! तर यथार्थ पटक्कै होइन!!!
    आजको दिनमा पनि अति दुर्गम जन्छु भनी माग्दा मन्त्रालयले ठाउँ पुर्याउन नसकेकाले बाध्य भएर सुगम मा खटिनुपरेको छ! अधिकान्श डाक्टरहरुले (जसमध्ये म स्वयम् पनि एक हु)!!!! यस्ता गलत तथा भ्रमपुर्ण अभिब्यक्ती दिनुहुने सबैलाइ म चुनौती दिन्छु!!! मलाइ गलत प्रमाणित गर्नुहोस! आउनुस प्रत्यक्ष बहस गरौ!!!!
    होइन भने गलत अभिब्यक्ती दिएर जनमानस मा भ्रम को खेती नगरौ!!!
    आजको दिनमा पनि हाम्रो माग दुर्गम/ गाउँ नजाने भन्ने पटक्कै होइन!!!!
    हाम्रो माग —-
    १)वृत्ती बिकास नरोकियोस
    २)सीप आर्जन गर्न बाधा नपरोस
    ३)आर्जित शिपले जनताको सेवा गर्ने अवसरबाट बन्चित नगराइयोस
    ४)कनिष्ठ कर्मचारिको तल रहेर काम गर्न सक्दैनौ

    भन्ने हुन!!!!!! सङ्घ अन्तर्गत परिचालित भएकाले नै डाक्टरहरु गाउँ गाउमा नगएका हुन रे!!!!

    भन्ने हुन!!!!!! सचिव ज्यु गाउ नगाको कती भो ? समय ले कोल्टे फेरिसक्यो , निती बनाउने ठाउँ मा बस्तुपरक कुरो गर्नु पर्‍यो । म ठोकुवा दिन्छु तपाईंको गाउ मा आजकोदिन मा प्राथमिक केन्द्र मै २-३ डाक्टर भेटिन्छन् भने अरु चाँही दर्बन्दी नपार जान पाइराका छैनन

  6. Yo durgam jana lai tachad machad bhayeko awasta ma gaunai jadainan dr bhanne kuro kattiko sahi hola ki ta sachib jiu gau nagayeko kati bhayo?? Kuro ko lagi kuro matra nagaridinu bujera bolda ramro hunthiyo ki tetiko padma bhayeko bekti.

  7. सचिवज्यु ले अावश्यक जानकारि/ गृहकार्य बिनै बोल्नु भएछ। पछिल्लो लोकसेवा intake का कारिब 30 डाक्टरलाई दुर्गम posting माग्दा माग्दै पनि मन्त्रालयले पहिलो पदस्थापन वीर र कान्ति मा गरेको थियो। महिनौ मन्त्रालय धाएर उनिहरु सबैजसो अहिले देशका दुर्गम र अति दुर्गममा सरुवा मागेर गईसके।
    अदरणिय सचिव ज्यु अहिले नेपाल सरकार सँग भएका करिब 1400 मध्य कम्तिमा 600 हाल दुर्गममा सेवामा छन्। नेेपाल सरकारको मेडिकल अधिकृत मात्र एउटा यस्तो पद हो जसको जागिर खाने बित्तिकै पहिले दुर्गम जान्छन् र सिनियर हुँदै जादा बल्ल ठुला अस्पतालमा अाउछन। तपाईले सायद जागिर दुर्गममा खानु भएको छैन होला त्यसैले थाहा भएन।

  8. अनि प्रमुख प्रशासकीय भन्नेचाही किन सघकाे दरवन्दिमा जाने ?

  9. सचिव ज्यू, हजुर गाउँ गाउँ हिँडेको कति भो? की काठमाडौं मै बसेर हो यस्तो भनेकाे? गाउँ गाउँ मा कुनै अधिकृत स्तर कर्मचारी पुग्या छ भने ऊ डाक्टर नै हो। एसो updated हुन पर्यो ।
    नमस्ते सचिव ज्यू

  10. हेल्थ पोस्ट मा कुनै दर्बन्दी छैन ,पि एच सि कुनै खाली छैन ! सचिव ज्यु तेही पनि अझै भन्नु हुन्छ डाक्टर गाउ गाका छैनन ? वस्तुस्थिती बुझ्न भाको छ छैन ? तेतिकै भन्दा डाटा हेरेर अन्तर्वार्ता दिनुस ,गाउ डाक्टर सघ मा बसेर नपुग्ने होइन ,सर्कार ले दर्वन्दी नखुलार नपुग्ने हो ! दुर्गम जान्छौ भन्दा सर्कार ले दर्वन्दी नदिइ बिर ,कान्ती पठाको पत्रीका मा पड्नु भएन अस्ती ? पाको अध्य यन बिदा ,र स्पेस्लिस्ट भ र देश को सेवा गर्ने मौका खोसेर के डाक्टर गाउ जान्छन ? गए पनि कस्ता प्रकृती का डाक्टर जान्छन ? अधिकृत सघ बाट जादा भ्रस्ट्चार नहुने तर आज दुर्गम जान तछाड ,माछाड गर्ने डाक्टर जादा समस्या देख्ने ,पुर्वाग्रह ले भरिएको धमिलो आखा हो ! जस्को अध्य यन २५ वर्ष वाट सुरु हुन्छ ,उस्लाई रोक्ने ? जो २५ वर्ष पछी पत्रीका मात्र पड्छ ,उस्लाई खुल्ला साडे छाड्ने , यही हो समता ! पुर्वाग्राही सोच भो सचिव ज्यु ! अलिक वस्तुस्थिती को ज्ञान को कमी छ ! पुरातन सोच हावी भो ! यो देश मा सेवा गर्नकै लागी हामी डाक्टर बसेका हौ ,जागिर खाने हाम्रो तेती आवस्यक्ता हैन ,देश भक्ती ले तानेर हो ! हाम्लाई मन्त्रालय धाउन जती गाह्रो छ ,त्यो भन्दा सजिलो प्लेन चडेर बिदेश पलायन हुन छ ! हामी त बसिम ,देश को माया छ्! तर भावी पुस्ता का डाक्टर लाई नि बिदेश पलायन गर्न बाट प्लिज रोक्नुस , कृम जन शक्ती बिदेश पलायन गरार ,देश को भलो हुँदैन !

Leave a Reply to Aryan Cancel reply

Your email address will not be published. Required fields are marked *