प्रदेश प्रमुख मल्ल अस्वस्थ


धनगढी, ६ फागुन । सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्ल अस्वस्थ्य भएका छन् । उनलाई कम्पन, ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या, रक्त कोषको मात्रामा कमी र मिर्गाौमा केही समस्या देखिएको निसर्ग हस्पिटल धनगढीका फिजिसियन डा विजय केसीले जानकारी दिए ।

प्रदेश प्रमुख मल्लको स्वास्थ्य जाँच निसर्ग हस्पिटलका डा केसीसहित चार चिकित्सकको टोलीले गरेको थियो । एकहत्तर वर्षीय मल्ललाई सो अस्पतालले बाहिर सिफारिस गरिएपछि गए राति नै थप उपचारका लागि काठमाडौंँ लगिएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *