यी हुन् आफ्नै अंग दिएर छ जनाको ज्यान बचाउँने बालक

मुम्बई, ५ माघ । भारतको औद्योगिक नगरीको रुपमा परिचित मुम्बईमा दुई बर्षका बच्चाले आफ्नो अंगदान गरी छ जनाको ज्यान बचाएका छन् । यो संगै उनी भारतमा सबैभन्दा कम उमेरका अंगदाता समेत बनेका छन् ।

चिकित्सकले उपचारका लागि ४ फेब्रअरीमा बम्बे अस्पतालमा भर्ना भएका ती बालकको परिचय खुलाएका छैनन् । तर उपचारका क्रममा ब्रेनडेथ (मस्तिस्क मृत्यु)मा परेपछि परिवारले उनको अंग दान गर्ने निर्णय गरेका हुन् ।

चिकित्सकहरुका अनुसार ती बालकको मुटु, दुईवटा मिर्गौला, कलेजो र दुईवटा आँखा दान गरिएको छ । बच्चालाई ब्रेन स्टेमका ट्युमर थियो । उपचारका क्रममा ब्रेन डेथ हुन पुग्यो ।

चिकित्सकले यो कुरा परिवारलाई बताउन निक्कै मुस्किल भएको थियो । तर परिवारले शोकलाई मानवीय कार्यमा लगाउने निर्णय गरे । सानो छोराको अंग कसैको ज्यान बचाउनका लागि काम लाग्छ भने प्रयोग गर्न सकिन्छ भनेर परिवारले स्वीकृति दिए । बम्बे अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालका अनुसार बच्चाको मुटु चेन्नईस्थित अपोलो अस्पतालमा पठाइएको छ । एक मिर्गौला लिलावती अस्पतालमा र अर्को मिर्गौला ग्लोवल अस्पतालमा पठाइएको छ ।

यस्तै बच्चाको कलेजो ठाँडेस्थित ज्यूपिटर अस्पतालमा पठाइएको छ । बच्चाको आँखा भने अंधेरीस्थित एक आँखा बैंकलाई दिइएको छ ।

बम्बे अस्पतालका जनरल फिजिसियन डा गौतम भन्साली र बरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल शर्माले भने, निकै कलिलो उमेरको सन्तान गुमाउनुपरेपनि अभिभावकले अरुको जीवन बचाउनका लागि जो कार्य गरे त्यो महान छ । एजेन्सी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *