तुलसीपुर उपमहानगरपालिकाद्धारा बृहत स्वास्थ्य शिविरको आयोजना

तुलसीपुर, ४ फागुन । तुलसीपुर–२ की ८२ वर्षीय सरस्वती वलीले लामो समयदेखि मुटु तथा शरीर दुख्ने समस्या भए पनि उपचारका लागि कतै जानु सकेकी थिइनन् ।

तुलसीपुर–१ का चन्द्रबहादुर गिरीको पनि मुटुसम्बन्धी नै समस्या थियो । विभिन्न कारणले उपचार गराउन नपाएका वृद्धवृद्धाले तुलसीपुर उपमहानगरपालिकाले घरदैलोमा विशेषज्ञ चिकित्ससहितको शिविर आयोजना गरेपछि स्थानीय सरकारको प्रत्याभूति भएको बताए ।

“सिंहदरबारको अधिकार गाउँघरमा आउँछ भनेको सुनेका थियाँै, घरआँगनमै स्थानीय सरकारले विशेषज्ञ सेवा पाएपछि नेपालगञ्जसम्म जाने बाध्यताबाट मुक्ति मिलेको छ”, स्थानीय प्रमिला चौधरीले भनिन् । उपमहानगरपालिकाले वडा नं २ को बालापुरमा आयोजना गरेको शिविरमा ७५० ले सेवा लिएको उपमहानगरपालिका स्वास्थ्य महाशाखाका डा गोकर्ण दाहालले जानकारी दिए ।

शिविरमा उपमहानगरपालिका वडा नं १, २, दंगीशरण र बबई गाउँपालिका समेतका नागरिकले सेवा लिएका थिए । शिविरमा सहभागी धेरैजसो बिरामी नसर्ने खालका दीर्घरोगबाट पीडित भएको पाइएको चिकित्सकले बताएका छन् । उनीहरुलाई नियमित औषधि र समुचित खानपानको सुझाव दिइएको छ ।

धेरैको दीर्घरोग र मुटुको समस्या भएको देखिएको शहीद गङ्गालाल मुटुरोग अस्पताल बाँसबारीका वरिष्ठ मुटुरोग विशेषज्ञ डा सचिन ढुङ्गेलले जानकारी दिए । महिला तथा ज्येष्ठ नागरिकको उपस्थिति बढी रहेको शिविरमा मुटुरोग पहिचानका लागि निःशुल्क रूपमा इसिजी सेवासहित औषधि निःशुल्क उपलब्ध गराइएको थियो ।

शिविरमा उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जनतालाई घरदैलोमै विशेषज्ञ सेवा पु¥याउने उद्देश्यले शिविरको आयोजना गरेको बताए । “तपाईंहरु स्वस्थ भैदिए मात्र उपमहानगरपालिका ऊर्जाशील हुन्छ, त्यसैले स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गर्दछु”, नगरप्रमुख पाण्डेले भने ।

शिविरमा शहीद गङ्गालाल मुटुरोग अस्पताल बाँसबारीका वरिष्ठ मुटुरोग विशेषज्ञ डा ढुङ्गेलले नेपालमा हाल ७० प्रतिशत मानिसमा मुटुको विभिन्न कारणले समस्या देखिने गरेको भन्दै समयमै उपचार गर्नुपर्ने सुझाव दिनुए । । छाती चसक्क दुख्ने, खलखली पसिना आउने, स्वाँस्वाँ हुने तथा स्वाश फेर्न गाह्रो हुने लक्षण देखिए तुरुन्तै स्वास्थ्य संस्थामा आउन पनि आग्रह गर्नुभयो । नेपालमा ५० प्रतिशत मुटुरोगी घरमै मृत्यु हुने, बाँकीमध्ये २५ प्रतिशत स्वास्थ्य उपचारपछि निको हुने तथा २५ प्रतिशत मुटुरोगी अस्पतालमै पुगेर पनि निधन हुने तथ्याङ्क रहेको उनको भनाइ थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *