रक्सी जति पियो उति पिऊँपिऊँ किन हुन्छ ?

बीबीसी । रक्सी जति पियो उति पिऊँपिऊँ किन हुन्छ ? बैज्ञानिकहरुले यसबारे अध्ययन् गरेका छन् । सो अध्ययनको प्रतिवेदन हालै ‘अल्कोहोलिज्म : क्लिनिकल एन्ड एक्पेरिमेन्टर रिसर्च’ भन्ने जर्नलमा प्रकाशित भएको छ ।

जर्नलका अनुसार उक्त अनुसन्धान अमेरिकाको रटगर्स विश्वविद्यालयका बैज्ञानिकहरुले गरेका हुन् । उनीहरुले अनुसन्धानले मान्छेमा रक्सी पिउने लत किन बस्छ भन्ने कुराको जवाफ दिएको बताएका छन् ।

अध्ययनका लागि असाध्यै रक्सी पिउने मान्छेहरु (दैनिक ८ गिलास भन्दा बढी पिउने महिला र १५ गिलास भन्दा बढी पिउने पुरुष) र कहिलेकाँही पिउने मान्छेहरु (महिनाको एउटा उत्सवमा ४ गिलास पिउने महिला र ५ गिलास पिउने पुरुष)लाई राखेर अध्ययन गरिएको थियो ।

के पाइयो त ?

वैज्ञानिकहरुका अनुसार रक्सी पिउँदा डीएनएमा क्षति पुग्न सक्छ । र त्यसले मस्तिस्कको काम गर्ने तरिका समेत परिवर्तन गरिदिन सक्छ । त्यसबाट रक्सीले जीन विगारेको उनीहरुले पत्ता लगाए ।

रक्सीले मान्छेको शरीरमा हुने बायोलोजिकल क्लक भनिने शरीरको चक्र र उसको तनावप्रति प्रतिक्रिया जनाउने प्रणालीमा सबभन्दा बढी क्षति पुगेको पाइयो । यहि नै सबभन्दा नराम्रो कुरा हो ।

बैज्ञानिकहरुले थाह पाए ती दुईमा क्षति पुगेको कारण मानिसहरुलाई अझ बढी रक्सी खाने र तनाव भयो कि रक्सी खाने तलतल बढाई दिन्छ । अझ रक्सी थप्ने भनेको ती जीनहरुमा अझ बढी क्षति पुग्नु हो र त्यसको अर्थ अझ बढी पिउनु हो ।

अनुसन्धानपछि एउटा परीक्षण प्रविधि बनाउन सकिन्छ कि भन्ने आशा राखिएको छ । त्यसले मानिसहरुमा रक्सी पिउने आदत हानिकारक तहमा पुगेको छ कि छैन भन्ने पत्ता लगाउनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *