नेपाल मेडिसिटीमा अत्याधुनिक क्यान्सर केन्द्र स्थापना हुँदै 

काठमाडौँ, २ फागुन । भैसेपाटीस्थित नेपाल मेडिसिटी हस्पिटलमा अत्याधुनिक क्यान्सर केन्द्र स्थापना हुने भएको छ । टर्कीको स्तानवुलस्थित खयी मेडिकलले मेडिसिटीसंगको सहकार्यमा क्यान्सर केन्द्र स्थापना गर्न लागेको हो ।

बुधबार आयोजित कार्यक्रममा नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो, प्रमुख कार्यकारी अधिकृत सुधाकर जयराम र खयीका निर्देशक अर्दम गुने तथा नेपाल टर्की व्यापार काउन्सीलका अध्यक्ष मुस्ताफा अकिन्छन्ले क्यान्सर केन्द्र स्थापना सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अब निकट भविष्यमानै टर्कीको  खयी मेडिकलले नेपालमा बन्ने क्यान्सर केन्द्रको संरचना विकास गर्ने र उत्कृष्ट उपकरणहरु भित्राउदै क्यान्सरका सम्पूर्ण उपचार नेपालमै सम्भव गर्ने वातावरणको विकास गर्ने उल्लेख छ ।

अस्पतालका अध्यक्ष डा. महतोले यस किसिमको सम्झौताले स्वदेशमै नेपालीहरुले क्यान्सर जस्तो रोगको उच्चस्तरिय उपचार पाउने र विदेशसम्म पुग्नु नपर्ने बताए । सबै वर्ग र समुदायसम्म उपचार पहँुचयोग्य बनाउन पनि यस सहकार्यले महत्वपूर्ण भूमिका खेल्नेमा आफू विस्तस्त रहेको महतोले बताए ।

नेपाल टर्की व्यापार काउन्सिलका अध्यक्ष मुस्ताफा अकिन्छिनले सम्झाँैताको प्राथमिक चरणमा अधिक जनसंख्यामा देखिएको क्यान्सर जस्तो रोगको निराकरणमा टेवा पु¥याउन लागी पर्ने बताए । केहि समयको अध्ययन र अनुसन्धान पश्चातनै यस सम्झौता सम्भव भएको उनले प्रष्ट पारे ।

बुधबार गरिएको दुइ पक्षबीचको सम्झौताको केहि समयमा नै यस सम्बन्धि काम सुरु हुने अस्पतालका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयरामले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *