सप्तरीमा साताव्यापी बृहत नि:शुल्क स्वास्थ्य शिविर शुभारम्भ

सप्तरी, २ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा बुधबारबाट राजविराजमा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल र पब्लिक विन्देश्वरी माविको खेल मैदान गरी दुई ठाउँमा शिविर सञ्चालन गरिएको हो ।

शिविरको उद्घाटन गर्न उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव राजविराज पुगेका थिए । सो समारोहमा प्रदेश नं का मुख्य मन्त्री लालबाबु राउत, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा पुष्पा चौधरीको समेत सहभागिता थियो ।

सो शिविर एक साता सम्म चल्ने भनिएको छ, यद्धपी विरामीको चाप अनुसार समयावधी थपिन सक्ने बताइएको छ । फागुन ७ सम्म चलने भनिएको हो यद्धपी अवधी बढ्न सक्छ अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा चुमनलाल दासले बताए ।

शिविरमा जनरल सर्जरी, हर्निया, पायल्स, पुरूष ग्रन्थी, हाइड्रोशिल, पिथथैली, तथा मिर्गौला पत्थरीसम्बन्धी शल्यक्रियासमेत गरिनेछ । यस्तै मुटु रोग, नाक, कान, घाँटी, छाला रोग, मानसिक रोग, स्त्री रोग पाठेघरसम्बन्धी समस्या, हाडजोर्नी, आँखासम्बन्धी रोगको उपचार र शल्यक्रियासमेत हुने बताइएको छ ।

उक्त शिविरका लागि एक सय २६ विशेषज्ञ चिकित्सकसहितको टोली खटिएको छ । उपचारका लागि सप्तरी, सिरहा, उदयपुर, सुनसरी तथा छिमेकी मुलुक भारतको विहारबाट समेत बिरामी सेवा लिन आएका छन् ।

यसैबीच उदघाटन समारोहलाई सम्वोधन गर्दै उपप्रधानमन्त्री यादवले धरान र काठमाडौँ झैँ सप्तरीलाई पनि स्वास्थ्य केन्द्र बनाउन सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको र मन्त्रिपरिषद्बाट ऐनको मस्यौदा पारित भई काम अगाडि बढेको जानकारी दिए ।

सोही समारोहमा बोल्दै प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शिक्षा, स्वास्थ्य, गरीबी र बेरोजगारी हटाउन सरकार प्रतिबद्ध रहेकाले विशेष लगानी गरिने प्रतिबद्धता व्यक्त गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *