स्वास्थ्य मन्त्री उपेन्द्र यादवको बुहारी मनिषाको क्यान्सरबाट निधन

काठमाडौँ, २९माघ । उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवकी बुहारी मनिषा यादवको हड्डीको क्यान्सरबाट निधन भएको छ। छोरा अमरेन्द्र यादवकी श्रीमती २६ वर्षीया मनिषाको आज दिउँसो २ बजे भक्तपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

मन्त्री यादवका सहयोगी महेश चौरसियाका अनुसार मनिषामा करीब करीब तीन बर्ष अघि मनिषामा हड्डीको क्यान्सर भएको पत्ता लागेको थियो । यसपछि उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचार भएको थियो । करीब डेढ बर्षको उपचारले निको भएपछि मनिषा नेपाल फर्केकी थिइन ।

‘मैले बुझे अनुसार उहाँलाई बीच बीचमा कहिलेकाँही सामान्य समस्या देखिने गर्दथ्यो । त्यसैले उपचार पनि सोही अनुसार चल्दै गएको थियो । तर पछिल्लो तीन दिन यता उहाँलाई निकै नै समस्या भएपछि भक्तपुर क्यान्सर लगिएको थियो । आज दिउसो उहाँको निधन भयो,’ चौरसियाले भने ।

चौरसियाका अनुसार मनिषाको अहिले दुई अढाई बर्ष भएकी छोरी छिन् । उनले अमरेन्द्रसंग विहे बन्दनमा बाँधिएको छ महिना पछि नै मनिषामा क्यान्सर भएको पत्ता लागेको थियो ।

उपप्रधान एवं स्वास्थ्य मन्त्री आज विहानै जनकपुर गएका थिए । बुहारीको मृत्युको खबर थाह पाए लगत्तै उनी काठमाडौँ फर्किएका छन् ।
‘अहिले हामी भक्तपुर अस्पतालमै छौँ । मन्त्री ज्यू यहाँ आएपछि हामी अन्तिम सस्कारका लागि पशुपति आर्यघाट लैजाँदै छौँ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *