वसन्त पञ्चमीको प्रसाद खाएपछि ४० बिद्यार्थी बिरामी

लोहारदागा, झारखण्ड, २८ माघ । भारतको झारखण्ड राज्यमा रहेको एक विद्यालयमा वसन्त पञ्चमीको उपलक्ष्यमा वितरण गरिएको प्रसाद ग्रहणपछि ४० जना बिद्यार्थी बिरामी परेका छन् ।

पुजापछि विद्यालयमा वितरण गरिएको मिठाई खाएपछि ती बालबालिका विरामी परेका र उपचारपछि उनीहरुको अवस्थामा सुधार आएको बताइएको छ ।

झारखण्ड राज्यमा अवस्थित सदार अस्पतालका एक चिकित्सक एस सा खालिदले बिरामी भएर ४० जना विद्यार्थी अस्पतालमा उपचारको लागि आएका र तीमध्ये दुई जनाको अवस्था गम्भीर रेहको बताएका छन् ।

ती बिद्यार्थीहरुलाई बिषाक्त खानेकुरा परेको र उनीलाई पेट दुख्ने र बान्ता हुने समस्या देखा परेको खालिदले बताएका छन् । हाल उनीहरुको उपचार भइरहेको खालिदले थप जानकारी दिएका छन् ।

यस घटानको अनुसन्धान भइरेहको जिल्ला शिक्षा अधिकारीले बताएकाछन् । यस घटनाका दोषीलाई कारबाही गरिने पनि उनले जानकारी दिएका छन् ।   रासस/एएनआई

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *