नेकपा नेता अधिकारीको स्वास्थ्य सुधारोन्मुख

काठमाडौँ, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको अस्पतालले जनाएको छ ।

श्वासप्रश्वासलगायत समस्या देखिएपछि अधिकारी चार दिनदेखि सुकेधारास्थित ह्याम्स अस्पतालमा उपचाररत छन् । गत माघ २ गते अधिकारीको स्वास्थ्यमा समस्या आएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । उपचारमा सुधार नभएपछि यही माघ २५ गते ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।

अधिकारीलाई श्वासप्रश्वासलगायत समस्या देखिएपछि मेडिसिटी अस्पतालबाट थप उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना गरिएको हो । अधिकारीको स्वास्थ्य सामान्य सुधारोन्मुख रहेको उपचारमा संलग्न डा भगवान कोइरालाले जानकारी दिए । “उहाँको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार आइरहेको छ”, डा कोइरालाले भने । अधिकारीको उपचारमा डा अर्जुन कार्की, डा राजु पँगेनी, डा कोइराला, डा मनबहादुर केसीलगायत संलग्न छन् ।

अधिकारीकी धर्मपत्नी सबिता अधिकारीका अनुसार मेडिसिटी अस्पतालमा एक महीना राख्दा पनि सुधार नआएपछि ह्याम्स अस्पताला भर्ना गरिएको हो । बाहिर हल्ला आएजस्तो उपचारमा कुनै लापर्वाही नभएको बरु उपत्यकाका विशिष्ट चिकित्सकसँग परामर्श गरेर थप उपचारका लागि पुनः अस्पताल भर्ना गरिएको उनले जानकारी दिइन । । बयासी वर्षीय अधिकारीको मुटु र फोक्सोमा समस्या देखिएको चिकित्सकले बताएका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *