प्रहरी हस्तक्षेपको विरोधमा गोदान : वीरमा जम्मा भएर जुलुस सहित मन्त्रालय पुग्ने

काठमाडौँ, २८ माघ ।  शान्तिपूर्ण धर्नामा भएको प्रहरी हस्तक्षेपको विरोधमा सरकारी चिकित्सक संघ (गोदान)ले आज पनि प्रदर्शन गर्ने भएका छन् । उनीहरुले आज विहान १० बजे वीर अस्पतालमा जम्मा भएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सम्म रयाली गर्ने बताएका छन् ।

आइतबार मन्त्रालय परिषरमा धर्नामा बसेका चिकित्सकमध्ये २५ जनालाई प्रहरीले गिरफ्तार गरी नेपाल पुलिस क्लव पुरयाएको थियो । यद्धपी अपरान्ह ५ बजेपछि उनीहरुलाई छाडेको थियो ।

यसअघि कर्मचारी समायोजनमा प्रक्रियामा फरक मत राखि आन्दोलनरतमा उत्रिएका सरकारी चिकित्सक संग मन्त्रालयले गत ३० पुसमा सम्झौँता गरेको थियो । अहिले त्यहि सम्झौँता विपरित हुने गरी गतिविधि गरेको भन्दै उनीहरु दवाव मुलक कार्यक्रम अघि सारेका हुन् ।

‘हामीसंग जुन सम्झौँता गरिएको थियो । एक महिना नवित्दै त्यसको विपरित हुने गरी कार्यहरु अघि बढ्यो । हामीले यसको विरोध गरेका हौँ । र यो जारी राख्छौँ,’ गोदानका अध्यक्ष डा दीपेन्द्र पाण्डेले भने ।

यता आइतबार डाक्टरमाथि प्रहरीले गरेको हस्तक्षेप प्रति नेपाल चिकित्सक संघ, राष्ट्रिय चिकित्सक संघ, गैरसरकारी चिकित्सक संघ लगायतका पेशागत संगठनहरुले आपत्ती जनाएका छन् । उनीहरुले यस्तै रवैया जारी राखे कडा आन्दोलन गर्ने बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *