स्वास्थ्य मन्त्रालयमा धर्ना दिएका सरकारी चिकित्सक पक्राउ

- नेपाली हेल्थ

काठमाडौँ, २७ माघ । कर्मचारी समायोजनमा आफूहरूलाई विभेद गरिएको भन्दै असन्तुष्ट बन्दै आएका सरकारी चिकित्सकहरू पुन:आन्दोलनमा उत्रिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धर्ना दिएका सरकारी चिकित्सकहरुलाई प्रहरीले प्रकाउ गरेको छ।

केही समय आन्दोलन गरेर ३० पुसमा सरकारसँग सम्झौता गरेका सरकारी चिकित्सकहरूले कर्मचारी समायोजन प्रक्रिया लागू भइसकेको अवस्थामा पनि सरकारले आफूहरूसँग भएको सहमति सरकारले कार्यान्वयन नगरेको भन्दै फेरि आन्दोलन सहित आइतबार मन्त्रालयमा शान्तिपुर्ण धर्ना दिइरहेका २५ जना चिकित्सकहरुलाई प्रहरीले प्रक्रिएर नेपाल पुलिस कल्ब भृकुटीमण्डपमा लगेको हो

धर्नामा सहभागी सरकारी चिकित्सक संघका अध्यक्ष डा दिपेन्द्र पाण्डेले बताए। उनले भने हामीले हाम्रो पूर्वनिधारीत कार्यक्रम अनुसार मन्त्रालयमा पुगेर शान्तूर्ण धर्ना दिइरहेका थिएयौँ त्यहीबेला प्रहरीले म लगायत २५ जना साथीहरुललाई  पक्राउ गरेको हो।

कर्मचारी समायोजनको विषयलाई लिएर सरकारी चिकित्सक संघ ( गोदान)ले असहमति जनाउँदै आएको छ। गोदनका अध्यक्ष डा दिपेन्द्र पाण्डेले मन्त्रालयको समायोजनका विषयमा मन्त्रालयमा पुगेका चिकित्सकमाथि प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज समेत गरेको बताए।यसअघि समायोजन प्रक्रियामा विरोध गर्दै आएका सरकारी चिकित्सकहरूसँग सरकारले वार्तामार्फत आठबुँदे सम्झौता गरेको थियो।

सरकारी चिकित्सकहरूलाई कर्मचारी समायोजनमा विभेद गरिएको भन्दै यसलाई नै मुख्य माग राखेर आन्दोनमा उत्रिएको सङ्घले संघीय लोकसेवा आयोगद्वारा नियुक्त चिकित्सक तथा अधिकृतहरूलाई संघीय आयोगबाटै परिचालन गर्ने व्यवस्था मिलाउन अनुरोध गर्ने, स्वास्थ्य सेवामा ११ औँ तह वा सो भन्दा माथि छुट्टै समूह नराख्ने र संघीय निजामती सेवामार्फत परिचालन गर्दा स्वास्थ्य सेवाको कर्मचारी अन्य मन्त्रालयको सचिव पनि हुन पाउने व्यवस्था गर्ने सम्झौता भएको थियो। यस्तै स्वास्थ्य प्रतिष्ठानलाई एउटै छाता ऐन ल्याई व्यवस्थित गर्ने, नन् प्राक्टिस भत्ता लागू गर्ने , देशभर रहेका सम्पूर्ण सरकारी चिकित्सक सङ्घ रहने व्यवस्था गरिने लगायतको सहमति भएको थियो।

थप समाचार

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *