मौलाकालिका अस्पतालमा एनआईसीयू र पीआईसीयू सेवा सञ्चालन

चितवन २७ माघ । चौविसकोटी, भरतपुरस्थित मौलाकालिका अस्पतालले आजबाट एनआईसीयू र पीआईसीयू सेवा सञ्चालनमा ल्याएको छ । श्रीपञ्चमीको अवसर पारी ५१ शैय्याको उक्त अस्पतालले आजबाट ५ शैय्याको एनआईसीयू र ३ शैय्याको पीआईसीयू सेवा सुरु गरेको हो ।

ती सेवा सञ्चालनका लागि बालरोग विशेषज्ञहरु डा विश्वबन्धु बगाले, डा ओमकृष्ण पाठक, डा योगराज शर्माको टिम रहेको अस्पतालले जनाएको छ ।

मेडिकल हवको रुपमा परिचित चितवनमा धेरै निजी स्वास्थ्य संस्था खुलेपनि आवश्यकता अनुरुप प्रविधियुक्त सेवा पुरयाउन भने सकेका छैनन् ।

मौलाकालिकाले एनआईसीयू र पीआईसीयू सञ्चालनमा ल्याएपछि जटिल खालका विरामीको उपचारका लागि केही सहजता हुने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *