गोरखा र चितवनमा पुरानो मेडिकल कलेजको नि:शुल्क स्वास्थ्य शिविर, ४०० बढीको स्वास्थ्य परीक्षण

गोरखा, २० माघ । पुरानो मेडिकल कलेज भरतपुरको प्राविधिक सहयोगमा एपोलो अस्पताल गोरखामा शनिबार एक दिने निशुल्क मुटु स्वास्थ्य शिविर आयोजना गरिएको छ । सो शिविरमा १५० बढीले स्वास्थ्य परीक्षण गराएका छन् ।

शिविरका लागि पुरानो मेडिकल कलेजका मुटुरोग बिभाग प्रमुख बरिष्ठ मुटुरोग विशेषज्ञ डा मनोज श्रेष्ठ, डा मधु गुप्ता, डा प्रशान्त ओझा, डा आमोक दवाडी लगायत नौ जनाको टोली गोर्खा पुगेको थियो । सोही शिविरलाई अपोलो अस्पतालका डा सन्तोष मास्केको टोलीले सघाएको थियो ।

शिविरमा ५० जनाको इको, ७५ जनाको इसिजी र १०० जना भन्दा बढीको सुगर जाँच गरिएको थियो।

मुटु स्वस्थ रहे जीवन सुखी हुने भएकाले मुटु स्वास्थ्य सम्वन्धी जागरण ल्याउन निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको वरिष्ठ कन्सलटेन्ट डा मनोज श्रेष्ठले बताए । उनले नियमित रुपमा मुटु परीक्षण गर्न र खानपानमा सावधानी अपनाउन जोड दिए ।

कलेजका बजार तथा जनसम्पर्क विभाग प्रमुख दुर्गाप्रसाद न्यौपानेले सामाजिक उत्तरदायित्व बहन गर्दै पुरानो मेडिकल कलेजले देशका दुर दराजमा पुगेर निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको बताए । उनले यस्ता शिविरले रोगको पहिचान साथै स्वास्थ्य जागरणका लागि समेत मद्धत पुग्ने भन्दै पुरानो मेडिकल कलेजले यो कार्यलाई निरन्तरता दिने बताए ।

यसैबीच शनिबार पुरानो मेडिकल कलेजले शनिबार नै भरतपुरमा पनि अर्को निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
ॐ शान्ती एकाडेमी भरतपुर १० को आयोजनामा भएको शिविरमा पुरानो मेडिकल कलेजको प्राबिधिक सहयोग थियो ।

निशुल्क औषधि सहित विशेषज्ञ सेवा गराईएको उक्त शिविरमा विभिन्न मेडिकल कलेजबाट विभिन्न ५ वटा विभागका विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा २५० बढीले स्वास्थ्य परीक्षण गरेको विद्यालयका प्रधानध्यापक जनार्दन सुवेदीले बताए ।

शिविरमा जनरल फिजिसियन डा विपुल भगत, नेत्ररोग विभागबाट डा चन्दन महतो, बालरोग विभागबाट डा प्रमिमा थापा, नाक कान घाँटी विभागबाट डा सजनी सापकोटा दन्तरोग विभागबाट डा प्रतीक सापकोटा र हाडजोर्नी बिभाग बाट डा सुरज सिंह लगायत १५ बढी चिकित्सक स्वास्थ्यकर्मी खटिएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णलाल लामिछानेको अध्यक्षतामा भएको उक्त शिविरमा कलेजको तर्फबाट बजार विभाग प्रमुख दुर्गाप्रसाद न्यौपाने, शिक्षण अभिभावक समिति अध्यक्ष सूर्य घिमिरे लगायतले मन्तव्य राखेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *