डा. केसीलाई सहकर्मी डाक्टरको आग्रह : कृपया शाकाहारी सिकारी नबनिदिनुस् !

– प्राडा प्रेम ज्ञवाली

काठमाडौँ, १४ माघ । त्रिवि शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक प्राडा प्रेम ज्ञवालीले डा गोविन्द केसीलाई अनशन त्याग्न आग्रह गरेका छन् । आफ्नो फेसबुकमा डा केसीको विगत देखिको अनशन, शिक्षण अस्पतालको अवस्था र विरामीको मर्कालाई विस्तृत रुपमा उल्लेख गर्दै उनले अनशन त्याग्न आग्रह गरेका छन् । कृपया साकाहारी सिकारी नबनिदिनुस् शीर्षक दिएर उनले लेखेको आग्रह यस्तो छ ।

डा. गोबिन्द केसी दाई

अभिवादन !

अब त अति नै भयो दाई कुनै बिरामीलाई बोलायर जुस पिलाई दिन भन्नुस र यो अनावस्यक तिगड्म छोड्नुस। तपाँईलाई त गाह्रो भयो भयो तर त्यस भन्दा धेरै सास्ती त बिरामीहरुलाई भई राखेको छ। त्रिवि शिक्षण अस्पताल त दिनानुदिन धरासायी नै हुँदै गई राखेको छ।

तपाईँका पहिला २ वटा अनशनहरु त राम्रै जस्तो लागेर मैले पनि सहानुभूति जनाएकै थिएँ, तपाईँको स्याहार सुसारमा जुटेकै थिएँ । तर, त्यसपछिका अनशनहरुमा जसरी राजनैतिक गन्ध आऊन थाल्यो मैले बल्ल बुझ्न थाले र म तपाँई भन्दा टाढै बस्न रुचाएँ।

तपाईँलाई राम्ररी थाहा छ २६ दिन अनसन बस्नुस, ५६ दिन बस्नुस या ६७ दिन नै किन नबस्नुस तपाईँलाई केही हुँदैन । देशका बिशिष्ट चिकित्सकहरुको निगरानीमा हुनुहुन्छ तपाईँले केही चिन्ता मान्नु पर्दैन । आफ्नै अस्पतालका सहकर्मीको उपचारका लागी कसैले पनि कुनै कसर राख्ने छैन।

तपाईँका शुरु शुरुका आन्दोलनमा तपाईँलाई बोकेर हिड्ने ब्यक्तिहरु मध्ये कति जना बाँकी छन् ? उनीहरुले कुन कुन ठाँउको कस्तो कस्तो पोस्ट लियर गई सके तपाईँलाई थाहै छ।

त्यसैले कृपया शाकाहारी सिकारी नबनिदिनुस् !

तपाईँकै अनसनका कारण डा. भगवान कोईरालालाई राजिनामा दिन बाध्य पार्नु भयो। गाँउ कन्दराबाट उपचार लिन त्रिवि शिक्षण अस्पतालमा आएका बिरामीलाई हडताल गराएर अन्यत्रै जान बाध्य तुल्याउनु भयो। अझै कति गर्ने अब ?

अस्पतालको बारेमा तपाईँले एउटा पनि प्रश्न उठाउनु हुँदैन । विद्यार्थी भर्नाको बेलामा प्रश्न पत्रहरु लिक भयो तर तपाईँले केही बोल्नु भएन, अस्पतालको कार्यकारी निर्देशक छान्ने बेलामा आफ्नै हठ लिएर हिड्नु भयो अन्य प्राध्यापकहरुको सल्लाह त तपाईँको लागि फगत भनाई मात्रै भए। कहिले डिन बनाउन एकजनालाई बोकेर हिड्नु हुन्छ, कहिले निर्देशक बनाउन अर्को लाई बोकेर हिड्नु हुन्छ। तर अस्पताललाई कसरी सफा बनाउन सकिन्छ, अस्पतालमा आउने बिरामीलाई कसरी उच्च स्तरिय सेवा छिटो दिन सकिन्छ, कसरी बिरामीहरुलाई छिटो अपरेशन गर्न सकिने बाताबरण बनाउन सकिन्छ ? कसरी नयाँ प्रविधी भित्र्याउन सकिन्छ कहिल्यै सोच्नु भएन।

मुड चल्यो अनसन बसिदिनु हुन्छ त्यो पनि फेरी टिचिङ अस्पतालमै। किनभने तपाईँलाई थाहा छ जति दिन अनसन बसेपनि यहाँका चिकित्सकले अरुलाई जस्तै तपाईँलाई पनि तलमाथी हुन दिदैनन् भन्ने।

म तपाईको भाईको नाताले पनि आग्रह गर्न चाहान्छु। कृपया हाम्रो अस्पताललाई काम गर्न दिनुस, कुना कन्दराबाट दुख सुख गरी उपचार लिन आएका बिरामीहरुलाई सम्झिदिनुस्। अनसन नै बस्न छ भने अन्यत्रै गएर बसिदिनुस र यो अस्पताललाई बलिको बोको नबनाई दिनुस।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “डा. केसीलाई सहकर्मी डाक्टरको आग्रह : कृपया शाकाहारी सिकारी नबनिदिनुस् !

  1. पहिला आफुले टिचिङमा राम्ररी काम गरौ हजुर। तपाइ दिउसै ग्रान्डी अस्पताल तिर भाग्ने कुरा जगजाहेर छ। stop bullshitting please!!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *