सरकार विरुद्धको प्रदर्शनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा वाग्लेको सहभागिता

काठमाडौँ, १२ माघ । प्रतिनिधिसभाबाट हिजो पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको विरोधमा डा गोविन्द केसी समर्थकद्धारा आयोजित प्रदर्शनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्रराज वाग्ले सहभागी भएका छन् । प्रदर्शनपछि नयाँ बानेश्वरमा आयोजित कोणसभामा उनी सहभागी भएका हुन् ।

सभामा सोलिडारिटी फर गोविन्द केसी अलायन्सका तर्फबाट डा जीवन क्षेत्री र मानवअधिकारवादी कपिल श्रेष्ठले विधेयकको विरोध आफ्ना धारणा राखेका थिए । उपकुलपति प्राडा वाग्ले सोही भिडमा देखिएका छन् ।

यस विषयमा प्रतिक्रिया लिँदा प्राडा वाग्लेले आफू बाटोमा हिडिरहेको भन्दै कोण सभाबारे थाह नभएको बताए ।

‘म त बाटोमा हिडिरहेको छु । कसरी सभामा गएको भन्नुहुन्छ ?’ प्राडा वाग्लेले छोटो प्रतिक्रिया दिए ।

तर’ सोलिडारिटी फर गोविन्द केसी अलायन्सले खिचेको भिडियोमा उनी भिडका बीचमै बसेर भाषण सुनिरहेका देखिन्छन् ।

भिडियोमा उनलाई २० मिनेट पछिको केही सेकेण्ड देख्न सकिन्छ ।

https://www.facebook.com/SolidarityForProfGovindaKc/videos/437350660419990/

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *