बोस्टन कलेज र पुरानो मेडिकल कलेजबीच सहकार्य

काठमाडौँ, १० माघ । बोस्टन इन्टरनेशनल कलेज र पुरानो मेडिकल कलेज भरतपुरबीच आपसी सहयोग तथा समन्वय गर्ने सम्वन्धी स्मरण पत्रमा हस्ताक्षर भएको छ ।

बुधबार बोस्टन कलेजमा भएको कार्यक्रममा कलेजका तर्फबाट प्राध्यापक राजु तामाङ र पुरानो मेडिकल कलेजका तर्फबाट बजार तथा जनसम्पर्क विभाग प्रमुख दुर्गाप्रसाद न्यौपानेले स्मरण पत्रमा हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर भएसंगै अब देखि बोस्टन कलेजका विद्यार्थी, शिक्षक तथा कर्मचारीले पुरानो मेडिकल कलेजमा उपचार सेवामा २० प्रतिशत छुट पाउने छन् । यस्तै उनीहरुका एकल परिवारको उपचारमा १० प्रतिशत छुट दिइने छ ।

यसैबीच बोस्टन सीएसआर क्लवले पुरानो मेडिकल कलेजको प्रविधिक सहयोगमा बुधबार निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । उक्त शिविरमा विद्यार्थी, शिक्षक तथा कर्मचारी गरी ६ सय बढीले स्वास्थ्य परीक्षण गराएको क्लवका अध्यक्ष निकिता तिमल्सिनाले बताइन ।

शिविरका लागि पुरानो मेडिकल कलेजका तर्फबाट तीन जना जर्मन स्वास्थ्यकर्मी सहित २० जनाको टीम खटिएको थियो । उक्त शिविरमा आवश्यकताका आधारमा निशुल्क औषधि समेत वितरण गरिएको थियो ।

शिविरमा डेन्टल विभागबाट डा आभा श्रेष्ठ, डा पप्पु कुमार यादव र डा श्रीजा श्रेष्ठ, प्रसूति तथा स्त्रीरोग विभागबाट डा सर्जु दहाल र डा विशाल तिवारी, अर्थो विभागका डा बिजय गुप्ता र डा सुरज सिंह, नाक कान घाँटी विभागबाट डा सबिना राई र डा अमरनाथ झा, जनरल फिजिसियन डा विपुल भगत डा साकार गुरुङ र डा सुशान्त पन्डितले परीक्षण तथा परामर्श सेवा प्रदान गरेका थिए ।

कार्यक्रम पछि बोल्दै वोस्टन कलेजका प्राध्यापक राजु तामाङ्ले देशकै प्रतिष्ठित तथा सुबिधा सम्पन्न शिक्षण अस्पताल संगको सहकार्य तथा निशुल्क स्वस्थ्य शिविरको संयोजनले आफ्नो कलेज लाभान्वित भएको बताए । उलने पुरानो मेडिकल कलेजसंगको सहकार्यलाइ निरन्तरता दिइने बताए ।

पुरानो मेडिकल कलेज बजार तथा जनसम्पर्क विभाग प्रमुख दुर्गाप्रसाद न्यौपानेले विद्यार्थी शिक्षक तथा कर्मचारीहरु पनि स्वास्थ्य प्रति सजक रहनुपर्ने र त्यसका लागि राम्रो स्वास्थ्य संस्था रोज्नुपर्ने बताए । उनले समयमा नै निदानात्मक उपचार पाइने अस्पतालमा नपुग्दा कहिलेकाँही स्वास्थ्य, पैसा र समय तीनवटै चीजमा घाटा हुने बताए ।

उक्त कार्यक्रम सन्तोष श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *