एघार दिन देखि अस्पतालमा थुप्रिएको फोहर विद्यार्थीको सहयोगमा उठ्यो

दाङ, १० माघ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको फोहर ११ दिनपछि उठाइएको छ । कर्मचारीले निरन्तर आन्दोलन जारी राखेपछि फोहर उठ्न नसक्नुका साथै सरसफाइसमेत नगरिएकामा बुधबार विभिन्न स्थानबाट प्रयोगात्मक अभ्यासका लागि आएका विद्यार्थीको सहयोगमा फोहर उठाइएको हो ।

आन्दोलनरत कर्मचारीलाई काममा फर्काउनुको साटो प्रतिष्ठानको उपकुलपति आफैले फोहर उठाएर आन्दोलनलाई तुहाउन खोजेको कर्मचारी सङ्घर्ष समितिका अध्यक्ष हिमराज गौतमले बताए। “एघार दिनदेखिको एक ट्याक्टरभन्दा बढी फोहर प्रतिष्ठानले नियुक्त गरेका नयाँ कर्मचारी, प्रयोगात्मक अभ्यासका लागि आएका विद्यार्थीले उठाएका छन्”, अध्यक्ष गौतमले भने, “नियमित रूपमा कर्मचारीले गर्ने काम विद्यार्थीलाई लगाइएको छ, कर्मचारीको व्यवस्थापन नगर्ने तर विद्यार्थी लिएर कति दिन फोहर उठाउने ?”

दाङ पोलिक्लिनिकल तुलसीपुर, कालिका मल्टिटेक्निकल घोराही, बगारबाबा टेक्निकल लमहीसहित प्यूठान, पाल्पा र काठमाडाँैबाट प्रयोगात्मक अभ्यासका लागि आएका विद्यार्थीले अस्पतालको प्राङगण, ओपिडीकक्ष, बिरामी भर्ना वाडलगायतको फोहर उठाएको उपकुलपति डा सङ्गीता भण्डारीले जानकारी दिइन ।

व्यापक रूपमा प्रहरी परिचालन गरी अस्पतालको फोहर उठाउन र सरसफाइ गर्दा आन्दोलनरत कर्मचारीले भने धर्ना दिइरहेका थिए । कर्मचारीको माग पूरा नगर्ने, वार्तालाई टुङ्गोमा नपु¥याउने तर प्रयोगात्मक अभ्यासका लागि आएका विद्यार्थीलाई प्रयोग गरेर फोहर उठाउनु आफूहरूको आन्दोलन तुहाउन खोजेको आन्दोलनरत कर्मचारीले बताए ।

उपकुलपति डा सङ्गीता भण्डारीले वार्ताकै माध्यमबाट कर्मचारी व्यवस्थापनको समस्या समाधान गरिने बताइन । “आज हामीले एक दिन फोहर व्यवस्थापन ग¥यौँ तर यो अस्पताल उहाँहरुको पनि हो । भोलिका दिनमा उहाँहरु नै आएर आफ्नो जिम्मेवारीअनुसार काम गर्नुहुन्छ”, डा भण्डारीले भनिन्, “म आफैस्थायी कर्मचारी होइन, मैले कर्मचारीको जागिरलाई सुनिश्चिता दिन सक्छु ?”

उता केही कर्मचारीलाई एक महीना, केहीलाई तीन महीना र केहीलाई छ महीनापछि घर पठाउने गरी थपिएको कार्यावधि मान्य नहुने भन्दै कर्मचारीहरुले आन्दोलन जारी राखेका हुन् । “हामीले यति लामो समयदेखि अस्पताललाई सेवा गर्दै आएका छौँ । प्रतिष्ठान आउने बित्तिकै हामी निकालिनुपर्ने रु हामीले के गल्ती गरेका छौँ ?” कर्मचारीले भने, “हाम्रो जागिरको सुनिश्चितता हुनुपर्छ । एक सूत्रीय माग लिएर हामी आन्दोलनमा छौँ, जस्तोसुकै परिस्थितिको सामना गर्नुपरे पनि हामी तयार छौँ ।” रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *