प्रदेशलाई स्वामित्व हस्तान्तरण गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौँ, ९ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय संरचना अनुसार प्रदेश मातहतमा रहने स्वास्थ्यको प्रदेशलाई हस्तान्तरण गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज दिउसो २ बजे हुने विशेष कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रीलाई स्वामित्व हस्तान्तरण गर्नेछन् ।

‘संघको स्वामित्व अब लिखित रुपमै प्रदेश सरकारको मातहतमा रहने गरी हस्तान्तरण गर्ने कार्यक्रम छ । स्वामित्व ग्रहणका लागि सात वटै प्रदेशबाट सामाजिक विकास मन्त्रीहरु र सचिवहरु राजधानी आइसक्नु भएको छ,’ मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले भने ।

उनले नयाँ संरचना अनुसार प्रदेशमा रहने अस्पताल, तालिम केन्द्र, प्रदेश स्वास्थ्य निर्देशनालय लगायत संस्थाहरुलाई लिखित रुपमा नै हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *