सत्र वर्षकै उमेरमा दोस्रो सन्तान जन्माएपछि …..

१७ वर्षको उमेरमा २ सन्तानकी आमा बनेकी सर्केगार्ड गाउँपालिका ३ उनापानी गाउँकी मनमती सार्की । फोटो : जनक शाही, हुम्ला

जनकबहादुर शाही हुम्ला ४ माघ । प्राय उमेर नपुग्दै आमा बन्ने गर्दछन् हुम्लाका किशोरीहरु । वाल विवाह गर्नु कानुन बिपरीत भएपनि यसको बेवास्था गर्दै वाल विवाह गर्दै आएका छन । यस्तै वाल विवाहको परिवन्धमा पुगेकी छन् सर्केगार्ड गाउँपालिका ३ स्थित उनापानी गाउँकी मनमती सार्की । उनी उमेरले १६ वर्ष पुरा भएर १७ टेक्न थालेकी छन । तर अहिले नै दुई सन्तानकी आमा बनिसकेकी छन् ।

चौध बर्षकै उमेरमा आमा बनेकी उनीसंग अहिले ३ वर्षको छोरा र ६ महिनाकी छोरी छन् । मनमती मात्र होईन उनी जस्तै धेरै किशोरीहरु वालविवाहको चपेटामा परेका छन ।

पुसको पहिलो हप्ता छोरा जन्माएकी दुधकली सार्की अहिले १५ वर्षकी पुगिन् । सुत्केरी भएर १५ दिन गोठमै बस्नु पर्ने सामाजिक परम्परा र स्याहार सुसार राम्ररी नहुँदा उनले जन्मेको १३ दिनमा शिशु (छोरा) गुमाइन । त्यसो त उनी उनी पनि १३ बर्षको उमेरमा विवाह गरी १५ बर्ष पुग्न नपाउदै २ सन्तानकी आम बनेकी हुन् ।

प्रजनन स्वास्थ्यमा ध्यान नभएका कारण समस्या भोग्नुपरेको उनीको भनाई छ । गर्भवती भएको अबस्थामा स्वास्थ्य संस्थामा गएर चेकजाँच गराउनुपर्छ भन्ने जानकारी समेत छैन यहाँका किशोरीहरुलाई ।

‘हामीलाई थाहा नै छैन ‘स्वास्थ्य संस्थामा गई चेक गर्दा र त्यहीँ सुत्केरी भए भत्ता पनि पाइने रैछ’ अचम्म मान्दै भनिन १६ वर्षकी सुपुरी कामीले, सानैमा विवाह गरेका यिनीहरु उमेर भन्न हिच्किच्याउँछन् ।

बुहारी बनेपछि घरको सबै काम आफैले गर्नुपर्छ । के गर्ने के नगर्ने केही पनि थाहा हुदैन काम गर्न गाह्रो हुन्छ भन्छन सुपारी । यसरी उमेर नपुग्दै बिबाहा गर्ने यिनिहरु त जिल्लाका प्रतिनिधि पात्र मात्रै हुन् ।

हुम्लाको सर्केगार्ड गाउँपालिका २ स्थित उनापानी गाउँमा अनौठो संस्कार छ ।कोही महिला गर्भवती भएको समयमै हात माग्छन त कोही जन्मी सकेपछि पोत लगाई दिन्छन ‘तपाइकी छोरी भए मेरो छोरालाई दिनुपर्छ’ वा ‘तपाइको छोरा भए मेरी छोरी दिन्छु’ भन्दै हात माग्न जाने चलन अझै छ हुम्लामा ।

बच्चा जन्मेको एक दुई वर्षमा छोरी मान्छेलाई सिक्काको माला, वा पोते लगाएर अब देखि मेरो भयो भन्दै बच्चा जन्मेको एक दुई वर्षमा छोरालाई बुहारीका लागि सानै हात माग्ने भन्दै पोते लगाउने पुरानो चलन अहिले पहिलाको तुलनामा घट्दै गइरहेको भए पनि निर्मुल चै हुन नसकेको सर्केगार्ड गाउँपालिका २ का स्थानीय गोइध्या फडेराले बताए ।

हुम्लाका अधिकांश किशोरीहरु विद्यालय जाने उमेरमै आमा बन्ने गरेका छन् । किशोरीहरु विहेपछि विद्यालय जानै छाड्ने गरेको स्थानीय सबिता थापाले बताइन् । जनचेतनाका कमीले विवाहका लागि किशोर किशोरीहरु विद्यालयबाटै भाग्ने गरेका छन् । कुसस्कारको रुपमा रहेको यो चलन अहिले पनि बाहुन र दलित बस्तीहरुमा विद्यमान छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *