सरकार र सरकारी चिकित्सक संघबीच ८ बुँदे सम्झौँता, विरोधका कार्यक्रम स्थगित ( सम्झौँता सहित)

- नेपाली हेल्थ

काठमाडौँ, ३० पुस ।  सरकारसंग ८ बुँदे सम्झौँता भएपछि सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले विरोधका कार्यक्रम स्थगित गरेको छ । सोमबार विहान १० बजे देखि स्वास्थ्य मन्त्रालयमा चलेको ३ घण्टा लामो बार्तामा गोदानले उठाएका मागका विषयमा छलफल भएको थियो ।

८ बुँदे सम्झौँतामा संघीय लोकसेवा आयोगद्धारा नियुक्त चिकित्सक तथा अधिकृतहरुलाई संघीय आयोगबाटै परिचालन गर्ने व्यवस्था मिलाउन अनुरोध गर्ने, स्वास्थ्य सेवामा ११ औँ तह वा सो भन्दा माथि छुट्टै समूह नराख्ने र संघीय निजामती सेवा मार्फत परिचालन गर्दा स्वास्थ्य सेवाको कर्मचारी अन्य मन्त्रालयको सचिव पनि हुन पाउने व्यवस्था गर्ने सम्झौँता भएको छ ।

यस्तै स्वास्थ्य प्रतिष्ठानलाई एउटै छाता ऐन ल्याई व्यवस्थित गर्ने, नन् प्राक्टिस भत्ता लागू गर्ने लगायतका छन् ।
बार्ता टोली सदस्य समेत रहेका राष्टिय चिकित्सक संघका अध्यक्ष डा सन्तोष पौडेलले सरकारसंग भएको सम्झौँताले चिकित्सक र स्वास्थ्यकर्मीको जीत भएको बताए । उनले सम्झौँता भएपछि विरोधका सबै कार्यक्रम स्थगित भएको जानकारी दिए ।

बार्ताका लागि मन्त्रालयका तर्फबाट डा गुणराज लोहनीको संयोजकत्वमा जनार्दन गुरागाई र महेन्द्र प्रसाद श्रेष्ठ सहभागी थिए ।

यस्तै गोदानको तर्फबाट डा रुद्र मरासिनी, डा दीपेन्द्र पाण्डे, डा सन्तोष पौडेल, डा रविन खड्का, डा कीर्तिपाल सुवेदी र डा निरज अर्याल सहभागी थिए ।

थप समाचार

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *