मन्त्रालयद्धारा गोदान र हेल्थ असिस्टेन्टसंग उच्चस्तरीय टोली गठन

काठमाडौँ, २९ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आन्दोलनरत सरकारी चिकित्सक संघ र हेल्थ असिस्टेन्ट संघ नेपालसंग बार्ता गर्न उच्चस्तरीय टोली गठन गरेको छ ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आज मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनीको संयोजकत्वमा तीन सदस्यीय बार्ता टोली गठन गरेका हुन् । टोलीका अन्य सदस्यमा कर्मचारी प्रशासन महाशाखा प्रमुख जनार्दन गुरागाई र समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठ छन् ।

सरकारी टोलीले बार्ताका लागि आन्दोलनरत दुबै समूहलाई सोमबार (भोलि) बोलाएको छ ।

‘हामीले सरकारी चिकित्सकहरुसंग भोलि विहान १० बजेका लागि बार्ता गर्ने समय तोकेका छौँ । हेल्थ असिस्टेन्ट संग १२ बजेका लागि बार्ता गर्ने समय तोकेका छौँ,’ मन्त्रालयका प्रवक्ता समेत रहेका बार्ता टोली सदस्य महेन्द्र श्रेष्ठले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *