भारतीय दूतावासद्धारा गोदावरी नगरपालिकालाई एम्बुलेन्स सहयोग

गोदावरी, २८ पुस । भारतीय राजदूतावासले गोदावरी नगरपालिकालाई एक एम्बुलेन्स सहयोग गरेको छ ।

गोदावरीमा आज ‘युवा सशक्तीकरण समाज नेपाल र क्षेत्रीय सहकारी सञ्जालको’ संयुक्त पहलमा आयोजित कार्यक्रममा पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणाले गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनलाई सो एम्बुलेन्स हस्तान्तरण गरे ।

गोदावरीमा सञ्चालित १९ वटा सहकारीमा आबद्ध १५ हजार सदस्यले एम्बुलेन्सको माग गरेसँगै राणाले स्वास्थ्य सेवालाई सुलभ बनाउन सो सहयोगको पहल गरेका हुन् ।

“साविकको गोदावरीमा सञ्चालित एम्बुलेन्सको व्यवस्थापन सही तरिकाले हुन नसकेका कारण त्यसै थन्काएर राख्नुपरेको छ, गोदावरी नगरपालिकाका प्रमुख महर्जनले भने ।” नगरपालिकाले टौखेलमा छिट्टै ग्यारेज निर्माण गरी नेपाल–भारत सहयोग प्राप्त एम्बुलेन्स सञ्चालन गर्नेछ ।

गोदावरी क्षेत्रीय सहकारी सञ्जालका अध्यक्ष सुनन्द घिमिरेले सदैव सही तरिकाले एम्बुलेन्स सञ्चालन गर्न प्रत्येक सदस्यसँग महीनाको रु १०० रकम उठाएर रु २३ लाखको कोष खडा गर्ने बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *