आन्दोलनरत स्वास्थ्यकर्मीसंग बार्ता गर्न टोली गठन भएन

काठमाडौँ, २७ पुस । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव नहुँदा आन्दोलनरत स्वास्थ्यकर्मीसंग आज शुरु हुने भनिएको बार्ता अघि बढ्न सकेन । यसअघि मन्त्रालयले आजै बार्ता टोली गठन गरी बार्ता गर्ने बताएको थियो । तर टोली गठन गर्न उपप्रधानमन्त्री नहुँदा सो प्रक्रिया अघि नबढेको हो ।

उपप्रधान मन्त्री यादव केही दिन देखि मध्य तराईका जिल्लाहरुको भ्रमणमा छन् ।

मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले आज बार्ताटोली गठन हुने भनिए पनि सो हुन नसकेको बताए । ‘आजै बार्ता टोली गठन गरी आन्दोलनरत स्वास्थ्यकर्मीहरुसंग बस्ने भन्ने कुरा थियो तर उपप्रधानमन्त्री ज्यू आज आइपुग्नु भएन । त्यसले गर्दा टोली गठन भएन । अब सम्भवत आइतबार होला,’ श्रेष्ठले बताए ।

नयाँ दरबन्दी संरचनामा सीअहेव समेत स्वास्थ्य चौकी प्रमुख हुने व्यवस्थाको प्रस्ताव गरिएपछि हेल्थ असिस्टेन्टहरु विगत चार दिन देखि मन्त्रालय केन्द्रीत आन्दोलन गर्दै आएका छन् ।

यस्तै संरचनाको विरोधमा स्वास्थ्यका दर्जन बढी संगठनहरु विरोधमा उत्रिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *