जनस्वास्थ्य संघको निर्वाचन : सुदूरपश्चिममा प्रगतिशील समूहको उम्मेद्धारी किन ?


जनस्वास्थ्य के हो ?

सरल भाषामा जनताको स्वास्थ्य नै जनास्वस्थ्य हो । समुदायमा रहेका जनताका स्वास्थ्य सुधारका लागि समुदायकै सहभागितामा गरिने जनताको स्वास्थ्य सम्बन्धि क्रियाकलाप नै जनस्वास्थ्य ( Public Health ) हो ।

मानिसहरुको स्वास्थ्यमा असर पार्न सक्ने विभिन्न प्रकारका रोगहरु तथा स्वास्थ्य समस्याहरुको समय मै पहिचान र रोकथाम गरि उनीहरुको असल स्वास्थ्य र दिर्घ जीवन प्राप्तिको लागि उपयुक्त मार्गदर्शन गर्नु जनस्वास्थ्यको प्रमुख लक्ष्य हो ।

स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय श्रोत र साधनको परिचालन गरि जनस्वास्थ्य कार्यक्रम संचालनमा ल्याउनु तथा सेवा प्रदान गर्नु नै जना स्वास्थ्यको उद्देश्य हो ।

 जनस्वास्थ्यको बिगतको ईतिहास 

आधिकारिक रुपमा जनस्वास्थ्यको अबधारणा सन् १८४० देखि बेलायतबाट सुरु भएको थियो । यही दशकमा बेलायत सरकारले जनताको स्वस्थ्यमा सुधार ल्याउन र रोगको रोकथाममा सहयोग पुर्याउन विभिन्न प्रकारका जनस्वास्थ्यका क्रियाकलापहरु जस्तै शुद्ध पानीको आपूर्ति र प्रयोग, घर परिवार र समाजको सरसफाई आदि कार्यक्रम संचाल्लन गर्यो । यस्ता कार्यक्रमलाई बैधानिकता दिन बेलायत सरकारले सन् १८४८ मा जनस्वास्थ्य सम्बन्धि कानुन (Public Health Act) पारित गरि यसका कार्यक्रमहरु देशभरी लागु गर्यो ।

नेपालमा वि.स.२००७ साल अघि जनाताको स्वस्थ्य सुधार सम्बन्धि खासै कार्यक्रहरु लागुभएका थिएनन् । वि.स. २००९ सालमा नेपाल र अमेरिकी सहयोग नियोग को पहलमा औलो नियन्त्रण कार्यक्रम संचलान भएको थियो । २०५८मा विशो स्वास्थ्य संगठन (WHO) को सहयोगमा औलो उन्मुलन कार्यक्रम संचालन भयो । वि.स . २०२३ सालमा क्षयरोग नियन्त्रण, मातृ शिशु स्वास्थ्य परियोजना संचलान भए । त्यसबाट क्षयरोगबाट हुने मृत्युदर र उच्च मातृ तथा शिशु मृत्युको अवस्थामा सुधार ल्याउन सहयोग पुग्यो ।

नेपाल सरकार ले राष्ट्रिय स्तरमा जनस्वास्थ्यको संख्यात्मक र गुणात्मक बृद्दि विकास गर्नको लगि  वि.स . २०४८ सालमा राष्ट्रिय स्वास्थ्य नीति लागु गर्यो । हाल उक्त नीति खारेज भई राष्ट्रिय स्वास्थ्य नीति २०७१ लागु भईसकेको छ । नेपालका ग्रामिण भेकहरुमा स्वास्थ्य सेवा विस्तार गर्नका लागि प्रत्येक निर्वाचन क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्र, ईलाकामा स्वास्थ्य चौकी र तात्कालिन गा.वि.स. हरुमा उपस्वास्थ्य चौकी हरु स्थपना तथा बिस्तार गरियो ।

दोस्रो दीर्घकालिन स्वास्थ्य योजना(२०५४-२०७४), विभिन्न पाँच वर्षीय तथा तीन वर्षीय योजनाहरु निर्माण भई हाल १४औ तीन वर्षीय योजना कार्यान्वयनमा रहेको छ । सहस्राब्धी विकास लक्ष्य २०१५ सम्मको लक्षित रणनीति एबं कार्यक्रमहरुले नेपालको जनस्वास्थ्यको क्षेत्रमा उल्लेखनीय सुधार ल्याउन सफल रहेको देखिन्छ  । हाल दिगो विकास लक्ष्य (२०१५-२०३०) लागु भईसकेको छ ।

नेपालको संबिधानमा पहिलोपटक स्वास्थ्यलाई मौलिक हकको रुपमा स्थापित गरिसकेको छ । साथै संबिधानमा नागरिकका आधारभूत आवश्यकताहरु मध्ये स्वास्थ्य विषयलाई महत्वपूर्ण स्थान दिई जनस्वास्थ्य क्षेत्रमा आवस्यक संरचना र जनशक्ति बढाउदै लैजाने कुरा उल्लेख गरेको छ । देश संघियतामा गए पश्चात जनस्वास्थ्य ऐन, सुरक्षित मातृत्व ऐन लागायत महत्वपूर्ण ऐन बनिसकेका र अन्य थुप्रै ऐन बन्ने क्रममा रहेका छन् ।

नेपाल जनस्वास्थ्य संघ के हो ?

नेपाल जनस्वास्थ्य संघ (NEPHA) सन् १९९० मा स्थापना भएको पेशागत संगठन हो । यो एउटा गैह्र सरकारी, गैह्र नाफामुलक, गैह्रराजनीतिक संगठन हो । जनस्वास्थ्य पेशाको उन्नयन तथा हकहित र विकासमा अग्रसर हुनु यस संघको प्रमुख उद्येश्य हो ।

देशभरमा कार्यरत जनस्वास्थ्य पेशाकर्मीहरुलाई संगठित गर्न, पेशाकर्मीहरुको क्षमता अभिबृधि गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी, गतिशील र प्रतिष्ठित संस्था बनाउने, सरकारी तथा गैह्रसरकारी निकाय तथा संस्थाहरुलाई जनस्वास्थ्य नीति तथा कार्यक्रम निर्माणमा सघाउ पुर्याउने, जनस्वास्थ्य संग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगठनहरुको संजालमा आबद्ध भई ज्ञान तथा अनुभव आदान प्रदान गर्दै पेशागत विकास गर्ने यो संस्था को उदेश्य रहेको छ ।

मिति २०७५ असोज १३ गते केन्द्रीय कार्य समितीको लागि निर्वाचन भई १५ सदस्यीय केन्द्रीय कार्यसमिति क्रियाशील छ । यस संघको बिधान २०४७(संसोधन २०५७) अनुसार सात ओटा प्रदेशमा पहिलो पटक ११ सदस्यीय कार्यसमितिका लागि २०७५ पुष २१ गते निर्वाचन हुन गईरहेको छ ।

सुदूरपश्चिम प्रदेशमा प्रगतिशल समुहको उम्मेद्वारी किन ?

समग्र सुदूरपश्चिम प्रदेशमा रहेका र प्रतिनिधित्व गर्ने जनस्वास्थ्य पेशाकर्मीहरुको पेशागत हकहितको लागि प्रगतिशील समूह क्रियाशील रहनेछ । यस समुहमा सरकारी क्षेत्रका अनुभवी, दक्ष तथा समुदाय स्तर देखि मन्त्रालय स्तरसम्म कार्यरत कर्मचारी, गैह्र सरकारी क्षेत्रमा कार्यरत जनस्वास्थ्यकर्मीहरु, प्रागिक क्षेत्रमा क्रियाशील अनुभवी शिक्षक तथा समावेसी कार्यसमिति चयन गरिएको छ ।

अध्यक्षका उम्मेदवार रमेश कुँवर लामो समय देखि गैह्र सरकारी संस्था, अस्पताल, उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, जिल्ला स्वास्थ्य कार्यालय हुदै हाल सामाजिक विकास मन्त्रालय कैलालीमा जनस्वास्थ्य अधिकृत पदमा कार्यरत हुनुहुन्छ ।

उपाध्यक्षका उम्मेदवार स्वास्थ्य निर्देशनालयमा जनस्वास्थ्य अधिकृत पदमा कार्यरत, सचिव का उम्मेदवार भुपेन्द्र सिंह महरा स्थानीय तहको स्वास्थ्य संयोजक तथा हेल्थ असिस्टेन्ट संघ नेपालको सुदुरपश्चिम प्रदेश संयोजक, कोशाध्यक्षका उम्मेदवार निशा जोशी स्वास्थ्य कार्यालय बैतडी को प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ । त्यसै गरि अन्य उम्मेदवार जनस्वास्थ्य क्षेत्रमा बिग्यता हासिल गरेका अनुभवी तथा क्रियाशील रहेका छन् ।

देश संघियतामा गए पश्चात स्वास्थ्य क्षेत्रको संगठन संरचना तथा जनशक्ति व्यवस्थापनमा तिनै तहका सरकारसंग समन्वय गरि महत्वपूर्ण नीतिगत व्यवस्था र प्रदेशमा बन्ने ऐन, कानुन तथा योजनाहरुलाई जनस्वास्थ्य मैत्री बनाउन प्रगतिशील समुहको महत्वपूर्ण पहलकदमी रहनेछ । स्वास्थ्य संग सम्बन्ध राख्ने प्रदेश स्तरीय हरेक समितिहरुमा प्रदेश NEPHA को कार्यसमितिको अर्थपूर्ण सहभागिता र प्रतिनिधित्व गराउन यो समूह सक्रिय रहनेछ।

सुदूरपश्चिम प्रदेश भित्र रहेका जनस्वास्थ्य क्षेत्रका प्रमुख मुद्दाहरुको उत्थान र समाधानको लागि सरोकारवाला निकाय र संस्थाहरुसंग आवश्यक पैरवी गर्ने र जनस्वास्थ्य क्षेत्रमा रहेका पेशाकर्मीहरुको क्षमाता अभिबृद्धिको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न प्रगतिशील समूह लाग्नेछ।

जनस्वास्थ्य सम्बन्धि छुट्टै परिषदको स्थापना गर्नका लागि NEPHA केन्द्रीय कार्यसमितिसंग निरन्तर पहल गर्न, जनस्वास्थ्य क्षेत्रका नविनतम अभ्यासहरुको बिस्तार गर्न प्रदेश सरकारसंग पहल गर्ने र नेपाल जनस्वास्थ्य संघको पेशागत प्रतिबद्धता, पारदर्शिता र बैधानिक मान्यता अनुरुप अघि बढ्ने विषयमा नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिम कार्यसमितिका प्रगतिशील समुहका सम्पुर्ण उम्मेद्वारहरु प्रतिबद्ध रहेका छन् ।

प्रगतिशील समुहका उम्मेद्वारहरु :
अध्यक्ष – रमेश कुँवर
उपाध्यक्ष – योगेश प्रसाद भट्ट
सचिव – भुपेन्द्र सिंह महरा
सह-सचिव – गौरी दत्त जोशी
कोषाध्यक्ष – निशा जोशी
सदस्य (खुला) – वेद प्रकाश जोशी
सदस्य (खुला) – जनक राज भट्ट
सदस्य (खुला) – मिन राज जोशी
सदस्य (खुला) – हरिश प्रसाद भट्ट
सदस्य (समाबेसी) – प्रेम सिंह तिरुवा
सदस्य (समावेसी) – अनिता खड्का

# भट्ट प्रगतिशील समूहका तर्फबाट उपाध्यक्षका उम्मेद्धार हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *