धूमपान नगर्ने कर्मचारीले ६ दिन बढी बिदा पाउने !

- नेपाली हेल्थ

एजेन्सी । यदि तपाईँको अफिसमा पनि धूमपान गर्ने भन्दा नगर्ने कर्मचारीलाई बढी विदा दिने नियम लागू भयो भने के हुन्छ होला ? सायद कोही कर्मचारीले धूमपान छोड्छन कि ? जापानको एक मार्केटिङ कम्पनीले यहि नियम लागू गरेको छ । कर्मचारीलाई स्वस्थ राख्न प्रेरित गर्न कम्पनीले यस्तो नियम सुरु गरेको जनाएको छ ।

पिलाला इंक नामक मार्केटिङ कम्पनीले धूमपान गर्ने भन्दा नगर्ने कर्मचारीलाई वा धूमपान छाड्ने कर्मचारीलाई ६ दिन बढी विदा दिने घोषणा गरेको छ ।

यस्तो नियम बनाउन कम्पनीकै एक कर्मचारीले व्यवस्थापन समक्ष सुझाव दिएका थिए । उनले धूमपान गर्ने कर्मचारीले नगर्नेले भन्दा बढी ब्रेक लिने गरेको र कम्पनीको उत्पादकत्वमा नै घाटा हुने गरेको सुझाव दिएका थिए । किनभने २९ औँ तल्लामा रहेको कार्यलयबाट स्मोकिङ गर्नका लागि कर्मचारी भुई तल्लामा रहेको स्मोकिङमा जानुपर्ने थियो । र कम्पनीले कार्यालय समयमै १५ मिनेट स्मोकिङ ब्रेक दिने गरेको थियो ।

ती कर्मचारीको सुझाव पछि कम्पनी व्यवस्थापनले स्मोकिङ ब्रेक लिने कर्मचारीको बार्षिक कार्यलय समयको हिसाव गरयो । हिसावमा स्मोकिङ गर्ने र नगर्ने कर्मचारीको कार्यलयमा काम गर्ने समयबीच धेरै फरक परयो । त्यसपछि कम्पनीले धूमपान गर्ने र नगर्ने कर्मचारीबीच विदामा घटबढ गर्ने घोषणा गरेको हो ।

चार कर्मचारीले गरे धूमपान छोड्ने घोषणा
जापानको यो कम्पनीमा करीब ३५ प्रतिशत कर्मचारी धूमपान गर्ने गरेको पाइएको छ । तर यो घोषणासंगै ४ जना कर्मचारीले धूमपान छोड्ने घोषणा गरेका छन् । र अरु कर्मचारी पनि धूमपान छाडने सोच बनाइरहेको सहकर्मीहरुले बताएका छन् । कम्पनीले नयाँ नियमले स्वस्थ नागरिक बनाउन र कम्पनीको उत्पादकत्व बढाउन मद्धत पुगेको भन्दै सन्तुष्ट व्यक्त गरेको छ ।

त्यसो त जापान पनि धूमपानमा परिचित देश हो । जापानमा १८ प्रतिशत जनता चुरोट सेवन गर्दछन् । तथ्यांक अुनसार जापानमा हरेक बर्ष एक लाख ३० हजार बढीको ज्यान धूमपानसंग सम्वन्धीत रोगको कारणले हुने गर्दछ ।

यो भयावह अवस्था रोकथामका लागि जापान सरकारले समेत धेरै उपायहरु निकाल्न थालेको छ ।

यदि देशका कतिपय कम्पनीहरुले यो घोषणा गरे कम्पनीको प्रडक्टीभिटी बढ्ने देखिन्छ भने धूमपानको प्रयोगकर्ता घटाउन समेत मद्धत मिल्ने स्वास्थ्य सरोकारवालाले बताएका छन् ।

जापानको उक्त कम्पनीको प्रयासलाई सबैले उदारणीय कार्य भन्दै प्रशंसा गरेका छन् ।

थप समाचार

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *