एचआईभीबारे जान्नै पर्ने केही कुरा


धेरैलाई थाह छ एचआईभी रगत वा रक्तजन्य पदार्थबाट एक अर्कामा सर्छ । नेपालको सरकारी तथ्यांकले धेरैजसो लागूपदार्थको प्रयोगकर्ता जो सुई साटासाट गर्ने गर्दछन् त्यस्ता व्यक्ति बढी प्रभावित भएको देखिएको छ ।

त्यसपछि ‘मेल सेक्स वीथ मेल’ वा ‘ट्रान्सजेन्डर’ अर्थात पुरुष समलिंगी बढी जोखिममा देखिएका छन् । यस्तै महिला यौनकर्मी पनि यो संक्रमणको जोखिम सूचीमा छन् । विदेशमा गई असुरक्षित तबरले यौनसम्पर्क गर्नेहरुको संख्या पनि एचआईभी संक्रमितहरुको एउटा सूचीमा पर्दछ ।

यसो भन्दै गर्दा नेपालमा एचआईभी संक्रमितहरुको संख्या बढ्दोक्रममा भने छैन । घटदो क्रममा छ । किनभने जो एचआईभीको जोखिमयुक्त समुदाय छ, त्यसलाई बैकल्पिक माध्यमद्धारा नियन्त्रणको प्रयास गरिएको छ ।

जस्तो भनौँ न,  सबैभन्दा बढी संक्रमित हुने समूह सुई साटासाट गर्ने लागूपदार्थ सेवनकर्ताहरु नै हुन् । तिनीहरुमा हुनसक्ने संक्रमणलाई रोक्न जोखिम समूह पत्ता लगाई गैरसकारी संस्थासंग मिलेर सरकारले नयाँ सुई दिने र पुरानो सुई फिर्ता गर्ने अभियान सुरु गरयो । यो अत्यन्तै प्रभावकारी देखियो । फलस्वरुप केही वर्ष अघिसम्म यसबाट हुने ६८ प्रतिशत इन्फेक्सन दर अहिले घटेर १० प्रतिशत भन्दा कम भएको छ ।

एचआईभीको खतरा कस्ता व्यक्तिलाई  ?

जो लागू पदार्थको सेवन गर्छ र सुई साटासाट गर्दछ । पुरुष समलिंगीहर जो असुरक्षित र अप्राकृतिक सेक्स गर्दछन् । यौन कर्मीहरु जो अनुसरिक्षत तरिकाले सेक्स गर्दछन् । यिनीहरु जोखिमयुक्त समूहमा पर्दछन् ।

सुई साटासाट गर्दा संक्रमित रहेछ भने रगतको माध्यमबाट अर्को व्यक्तिमा सजिलै सर्ने गर्दछ ।

पुरुष समलिंगी जो अप्राकृतिक तरिकाले गुद्धारमा सेक्स गर्छन उनीहरुमध्ये कोही संक्रमित छ र कतै घाउ खटिरा भएर एक अर्काको शरीरमा भाइसर छिर्न पुग्यो भने सजिलै एचआईभी सर्छ ।नेपालमा एचआईभीको दोस्रो जोखिमयुक्त समूह भएको छ पुरुष समिलिंगी समूह ।

यस्तै यौनकर्मीहरु जो विना कण्डम यौनसम्पर्क गर्छन वा कण्डम राम्ररी लगाउदा लगाउँदै दुर्घटनामा पदर्छन त्यस्ता समूह पनि जोखिमयुक्त समूहमा पर्दछन् । अहिले रोजगारी वा घुमघामको सिलसिलामा विदेश पुगेका व्यक्तिहरु पनि संक्रमण लिएर स्वदेश फर्किने गरेको पाइएको छ ।

कस्तो बेला बढी खतरा ?

जसलाई एचआईभी भएको छ । र उसमा भाइरल लोड धेरै छ भने त्यो संग गरिने यौन सम्पर्क बढी खतरा हुन्छ । भर्खरै संक्रमणमा परेको व्यक्ति हो भने त्यो व्यक्तिसंग भाइरल लोड कम हुन्छ । र त्यसबेला सर्न सक्ने सम्भावना पनि कम हुन्छ । तर, जतिवेला भाइरसहरु धेरै हुन्छ, त्यसबेला एचआईभी सर्न सक्ने सम्भावना पनि बढी हुन्छ ।

यौनरोग भएको व्यक्तिहरु अर्थात यौन अंग वरिपरि घाउहरु छन र त्यस्तो व्यक्तिसंग यौनसम्पर्क गरिएको छ भने पनि एचआईभी सर्ने सम्भावना बढी हुन्छ ।

विदेशजाने असुरक्षित सेक्स गर्ने फर्केर आएर परिवारमा सार्ने गरेको पनि हामीले थाह पाएका छौँ । घर बस्ने महिलाहरु जो श्रीमानले रोग सारेर लामो समयका लागि बाहिर जान्छ । त्यस्ता महिलाहरु पनि अर्को परपुरुषसंग सहवास गर्ने गरेको र रोग सर्ने गरेको घटना पनि विभिनन अध्ययनले देखाएको छ ।

मृत्यु हुने क्रम किन घटेन ?
संक्रमितहरुको संख्या कम हुँदै गएपनि अहिले पनि एचआईभीको कारणले मृत्यु हुने क्रम रोकिएको छैन । किन यस्तो भयो भने सुरुमै औषधि नखाएको वा थाह नपाएकाहरु जो अन्तिम अवस्थामा उपचारका लागि आउने गर्दछन् । त्यस्ता व्यक्तिहरुको ज्यान गइरहेको अवस्था छ । तर अहिले सुरुमै शंकालागेर परीक्षण गर्ने र सुरुमै देखिएको छ भने पनि नियमित औषधिले यसलाई नियन्त्रण गर्न सक्छ ।

पोष्ट एक्सपोजर र प्रि एक्सपोजर :
अस्पतालमा काम गर्ने चिकित्सक नर्स तथा अरु प्यारामेडिक्सहरु जो अस्पतालमा आउने एचआईभी संक्रमित विरामीको उपचार गर्दा वा सुई दिँदा झुक्किएर आफूलाई पनि घोच्न सक्छ । त्यस्तो अवस्थामा भाइरस सर्न सक्छ । त्यो सम्भावनालाई ध्यान दिएर स्वास्थ्यकर्मीरुलाई औषधि दिने गर्दछौँ । जसलाई हामी पोष्ट एक्सपोजर भन्दछौँ । कहिलेकाँही घटना घटि हालेमा सकेसम्म चाँडै र बढीमा ७२ घण्टा भित्र औषधि शुरु गरिसकेको हुनुपर्दछ । त्यसो भयो भने सर्ने सम्भावना निकै कम हुन्छ ।

अर्को प्रि एक्सोजरको पद्धती पनि विकास भइसकेको छ । प्रि एक्सपोजर भनेको श्रीमतीलाई एचआईभी छ तर उनीसंगै सहवास गर्नुपरयो भने । श्रीमानले पहिलै नै औषधि खाएर मात्रै त्यो कार्यमा समाहित हुने । अहिले त्यो राष्ट्रिय प्रोटोकलमा त आइसकेको छैन तर हामीले यो कार्य अघि बढाएका छौँ । प्रि एक्सोजरको नियम पालना पछिको सेक्स ९० प्रतिशत सुरक्षित हुन्छ भनिएको छ । बाँकी १० प्रतिशतका लागि त कण्डम चाहियो नि । त्यसैले हामीले सत प्रतिशत सुरक्षितका लागि प्रि एक्सपोजर दिएपनि कण्डम छाड्न हुँदैन भनेका छौँ ।

हामीकहाँ अचेल विदेश घुम्न गएकाहरु पोष्ट एक्सपोजरको सेवा लिन आउने गरेका छन् । संकास्पद सहभास पछि ७२ घण्टा भित्रै औषधि शुरु भयो भने दुर्घटना हुने सम्भावना कम भएकाले पनि पोष्ट एक्सपोजरको सेवा लिने बढेका हुन् ।

समयमै औषधि शुरु गरियो भने संक्रमितसंगको सहवासमा भएको दुर्घटनाका बेलामा समेत एचआईभी लाग्नबाट बच्न सकिन्छ ।

एचआईभी अहिले को अहिल्यै देखिने पनि होइन । त्यो देखिनका लागि शरीरमा कति भाइरस छ ? मानिसको रोग प्रतिरोधि क्षमता कस्तो छ ? व्यक्ति कतिको कमजोर छ ? आदि धेरै कुराहरुले निर्भर गर्दछ । रोग प्रतिरोधी क्षमता बलियो भएको व्यक्तिलाई झ्याप्पै संक्रमण हुन्छ भन्ने पनि छैन । यसो भन्दैमा लाग्दैन भन्ने पनि होइन ।

किनभने यो एचआईभी भाइरस शरीर भित्रको कोष र त्यस भित्रको डिएनए भित्र छिर्ने हो । तर हामीले तत्काल औषधि गरयो भने त्यो छिर्न पाउँदेन । अहिले पोष्ट एक्सपोजर सेवा टेकु अस्पतालमा मात्रै होइन प्राय सबै अस्पतालमा छ ।

संक्रमित आमाले जन्माएका शिशु संक्रमणरहित
संक्रमित आमाले जन्माएका शिशु पनि संक्रमणमा पर्छन होला भन्ने धेरैको भ्रम छ । तर अहिले संक्रमित आमाहरुले जन्माएका शिशुहरु पूर्ण स्वस्थ जन्मिएका छन् । संक्रमित आमाहरुले निश्चित कोर्षमा औषधि खाएपछि गर्भवती हुने र औषधिकै कारण गर्भमा रहेको भ्रुणमा सो संक्रमण हुनबाट बच्दछ । अहिले नेपालमा धेरै संक्रमित आमाहरुले जन्माएका शिशुहरु संक्रमणरहित अर्थात स्वस्थ रुपमा जन्मिएका छन् ।

औषधि उपचार निशुल्क छ
एचआईभीको औषधि उपचार पूर्ण रुपमा निशुल्क छ । संक्रमित व्यक्तिले महिनामा पाँच हजार बढीको औषधि खानुपर्छ । त्यो सरकारका तर्फबाट निशुल्क छ ।

ल्याव टेष्टहरु गर्नुपर्छ त्यो पनि निशुल्क छ । अझ संक्रमितहरुलाई उपचारका लागि आउँदा जाँदाको गाडीभाडा समेत उपलव्ध हुन्छ । यी सबै हिसाव गर्दा एउटा संक्रमितका लागि औषत एक लाख रुपैयाँ खर्च हुन्छ । यो सबै सरकारका तर्फबाट निशुल्क हुन्छ ।

#डा. पाण्डे टेकुस्थित शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पतालका निर्देशक हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *