बच्चाको विकास कति बर्षमा कति प्रतिशत ?

beby

गर्भमा रहँदा ३० प्रतिशत : गर्भको रुपमा आमाको पेटमा रहँदा शिशुको ३० मानसिक तथा बौद्धिक विकास भइसकेको हुन्छ ।

पहिलो बर्ष २५ प्रतिशत : शिशु जन्मेको पहिलो बर्ष उसको थप २५ प्रतिशत मानसिक एवं शारीरिक एवं बौद्धिक विकास भइसकेको हुन्छ । र एक बर्ष भित्रमा बच्चाको ५५ प्रतिशत मानसिक विकास भइसकेको हुन्छ ।

दोस्रो बर्ष २५ प्रतिशत : बच्चाको उमेर एक देखी दुई बर्ष हुँदाको अवधीमा थप २५ प्रतिशत मानसिक एवं शारीरिक विकास भइसकेको हुन्छ । र बच्चा दुई बर्ष पुग्दा उसको ८० प्रतिशत मानसिक विकास भइसकेको हुन्छ ।

दुई देखी पाँच बर्षमा १० प्रतिशत : बच्चाको उमेर दुई देखी पाँच बर्ष पुग्दा त्यो बीचको अवधीमा मानसिक बृद्धि १० प्रतिशत हुन्छ । यो संगै जन्मेको पाँच बर्ष पुग्दासम्म बच्चाको ९० प्रतिशत विकास भइसकेको हुन्छ ।

बाँकि अवधी १० प्रतिशत : जब बच्चा पाँच बर्ष भन्दा माथि जान्छ त्यसपछि विकास हुने भनेको १० प्रतिशत मात्रै हो ।

त्यसैले अभिभावकहरुले आफ्ना सन्तानको गर्भका बेलामा नै विशेष स्याहार गर्नुपर्छ । गर्भदेखी दुई बर्षको बीचमै बच्चाको ८० प्रतिशत मानसिक विकास भइसक्ने भएकोले त्यतिवेलै राम्रो स्याहार पाएमा उसको उज्वल भविस्यको निर्धारण हुन्छ ।

गर्भवती देखी सुत्केरी हुँदासम्मको आमा र शिशुको खानपान र स्याहारमा विशेष जोड दिनुपर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *