यस्तो थियो स्वास्थ्यमा प्रशासन समूहको सचिव पठाउने सरकारी निर्णय

काठमाडौँ, ८ पुस । सरकारले स्वास्थ्य मन्त्रालयमा पनि प्रशासन समूहको सचिव रहने नीतिगत व्यवस्था गरेको छ । गत १७ मंसिरमा बसेको मन्त्रिपरिषद बैठकले निजामति सेवा नियमावली संसोधन गरी स्वास्थ्य प्रशासन समूहको सचिव रहने व्यवस्था गरेको हो ।

नेपाली हेल्थलाई प्राप्त १७ मंसिरको मन्त्रिपरिषदको निर्णयमा ‘निजामती सेवा नियमावली २०५० को नियम १२६ को अधिकार प्रयोग गरी सोही नियमावलीको अनुसूची २ क को खण्ड (ङ)को क्रमसंख्या (२७ं पछि २८ थप गर्ने उल्लेख छ ।
निजामती सेवा नियमावली २०५० को नियम १३६ ले अनुसूचीमा हेरफेर तथा थपघट गर्ने अधिकार नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी अनुसूची तथा अनुसूचीमा रहेको व्यहोरालाइ समय समयमा हेरफेर तथा थपघट गर्न सक्नेछ,’ भन्ने उल्लेख छ ।

सोही नियमावलीको अनुसूची २ क को खण्ड (ङ)मा नेपाल प्रशासन सेवाको सचिव हुने मन्त्रालयको नामावली छ । र, १७ मंसिरको निर्णयले थप गरेको दफा २८ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव १ भन्ने उल्लेख छ ।

स्वास्थ्यमा प्रशासन समूहको सचिव रहने कि स्वास्थ्य समूहको सचिव रहने भन्ने विवाद चल्दै गर्दा यो निर्णय सार्वजनिक भएको हो ।

स्वास्थ्यमा अहिले १७ मंसिरकै मन्त्रिपरिषद बैठकको निर्णय अनुसार प्रशासन समूहका सचिव केदारबहादुर अधिकारी आएका छन् । यता सर्बोच्च अदालतले स्वास्थ्य समूहकी सचिव पुष्पा चौधरीलाई सरुवा गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *