निदाएको बेलामा एक्कासी तर्सिने र व्युँझिने समस्या के हो ?

म २३ बर्षको भएँ । कहिलेकाँही राती (मध्यरात) तिर एक्कासी तर्सिएर ब्यूझिन्छु । त्यसपछि अत्यन्तै डरलाग्छ । निदाउन त झन सक्दै सक्दिन । के भएको होला ? मैले धूमपान र मध्यपान कहिले पनि प्रयोग गरेको छैन । – मोहम्मद साकिव, काठमाडौँ

प्रश्नका लागि धन्यवाद । तपाँईमा देखिएको यो समस्या निन्द्रा सम्वन्धी समस्या हो । जसलाई चिकित्सकीय भाषामा ‘नाइटमियर’ भनिन्छ । ड्रीम एन्जाइटी एट्याक पनि भन्न सकिन्छ ।

यो राती सुतेको बेलामा सपना जस्तो आएर एक्कासी मन डराएर र एन्जाइटी एट्याक आउने अवस्था हो ।

सुताईको पनि दुईवटा चरण हुन्छ । आरईएम र एनआरएम स्लिप भन्ने । यो आरइएम स्लिपमा हुन्छ । यति डराउँछ कि यो एक्कासी व्युझिन्छ र सपनाको याद हुन्छ । झन डरलाग्छ र कहिलेकाँही एन्जाइटी समेत देखा पर्छ ।

खासगरी यो बच्चाहरुमा देखिने समस्या हो । तर कोही कोहीमा उमेर बढी भएपनि देखिनसक्छ ।

कसै कसैमा जीनवमा नराम्रो घटना घटेको छ भने यस्तो सपना देख्न सकिन्छ । ठूला एक्सिडेन्ट, रेप जस्ता कहालीलाग्दो घटना जीवनमा घटेको छ भने यस्तो समस्या देखा पर्न सक्छ । जसलाई हामी पोष्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर पनि भन्छौँ ।

समाधान कसरी गर्ने ?
माथि नै भनियो नि यो निन्द्रा सम्वन्धी समस्या हो । त्यसैले सुताई वा निन्द्रा राम्रो गर्नुपरयो । स्लीप हाइजिन मेन्टेन गर्नुपरयो । धेरै जसो समस्या यसैले नै समाधान हुन्छ । यदि नभएको खण्डमा मनोचिकित्सकको परामर्श (काउन्सिलिङ) र औषधिको समेत प्रयोग गर्नुपर्न सक्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *