७७ जिल्लामा स्वास्थ्य कार्यालय, ७ वटै प्रदेशमा मेडिकल स्टोर र तालिम केन्द्र

काठमाडौँ, ७ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७७ वटै जिल्ला स्वास्थ्य कार्यालय रहने गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा नयाँ संगठन संरचना पठाएको छ । नयाँ संरचनामा यसअघि भनिए जस्तै सात वटै प्रदेशमा तालिम केन्द्र र मेडिकल स्टोर राख्ने व्यवस्था गरिएको छ तर औषधि व्यवस्था विभागको शाखा राख्ने सिफारिस हटाइएको छ ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले संगठन संरचना तथा दरबन्दी पुनारावलोकनको नयाँ प्रस्ताव केही दिन अघि सामान्यमा पठाएको बताए । उनले यसअघिको संरचनामा देखिएको विवाद हल गर्ने गरी नयाँ संरचना बनेको र सामान्यमा पठाइएको जानकारी दिए ।

अघिल्लो संरचनामा व्यापक विवाद भएपछि मन्त्रालयले प्रमुख विशेषज्ञ डा सुशील प्याकुरेलको संयोजकत्वमा संगठन संरचना तथा दरबन्दी पुनरावलोकन गर्ने कमिटि बनाएको थियो । सो कमिटि दिएको सुझावलाई आधार मानि नयाँ संरचना पठाइएको हो ।

यसअघि सामान्यले कर्मचारी समायोजन अध्यादेश २०७५ को दफा ३ को उपदफा ४ अनुसार अनुसार चिठी काटिएको भन्दै सामान्यले संगठन संरचना र दरबन्दीका विषयमा पुनरावलोकन गर्नुपर्ने भएमा नयाँ विवरण औचित्य समेत खुलाई ७ दिन भित्र पेश गर्न भनेको थियो । २४ मंसिरको सोही पत्र अनुसार स्वास्थ्यले नयाँ विवरण पठाएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *