नेपाल औषधि लिमिटेडका महाप्रबन्धक डा. रोबशकुसुम सुवेदीद्धारा राजिनामा

काठमाडौँ, ३ पुस ।  सरकारी स्वामित्वको एक मात्र औषधि कम्पनी नेपाल औषधि लिमिटेडका महाप्रबन्धक डा रोबश कुसुम सुवेदीले पदबाट राजिनामा दिएका छन् । पद वहाली भएको दुई बर्ष पुग्न ४ दिन बाँकी छँदा उनले आज उद्योग सचिव यामकुमारी खतिवडा समक्ष आफ्नो राजिनामा पत्र बुझाएका छन् । राजिनामा पत्रमा उनले व्यक्तिगत कारण उल्लेख गरेका छन् ।

खुल्ला प्रतिस्पर्धाबाट छनौट भएका उनी ७ पुस २०७३ मा तीन बर्षका लागि महाप्रवन्धकमा नियुक्त भएका थिए । उनको आगमन पछि सात वर्ष देखि बन्द भएको औषधि लिमिटेड सञ्चालनमा मात्रै होइन उत्पादनमा गति लिने क्रममा देखिन्थ्यो ।

नेपाली हेल्थसंगको कुराकानीमा उनले व्यक्तिगत कारणले राजिनामा दिएको बताए ।

तत्कालीन उद्योग मन्त्री नवीन्द्रराज जोशीले कार्यभार सुरु गरे लगत्तै सरकारी स्वामित्वका विभिन्न कारणले वन्द रहेका सरकारी उद्योगहरुलाई प्राथमिकताका आधारमा पुन संचालन गर्ने नीति लिएका थिए ।

सोही अनुरुप औषधि लिमिटेड पुन सञ्चालनमा आएको थियो । त्यसको नेतृत्व लिएका थिए डा सुवेदीले । आज राजिनामा दिएका उनको स्वीकृत भने भएको छैन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *