मुख तथा दन्त सेवामा कान्तिपुरको बेग्लै पहिचान : राष्ट्रिय सभा अध्यक्ष तिमिल्सेना

काठमाडौँ, १ पुस । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले मुख तथा दन्त सेवा क्षेत्रमा कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा रिसर्च सेन्टरको बेग्लै पहिचान भएको बताएका छन् । उनले निजी क्षेत्रबाट अन्तराष्ट्रिय स्तरको सेवा प्रदान गर्न सफल भएको भन्दै कलेजको प्रसम्सा गरेका छन् ।

कलेजको ११ औँ बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष तिमल्सिनाले दन्त क्षेत्रमा लागेका दक्ष प्राविधिकहरु स्वदेशमै रहेर स्तरीय सेवा दिन आग्रह समेत गरे । उनले भने अहिले चिकित्सा विषय पढ्ने अनि सकेपछि विदेश जाने प्रचलन बढ्दो छ । तर योग्य त्यो मान्छे हो जो आफ्नो सिप र योग्यता देश विकासमा लगाउँछ । उनले कान्तिपुर डेन्टल कलेजबाट पास आउट भएका चिकित्सकको छुट्टै पहिचान हुनुपर्ने बताए ।

कार्यक्रममा विशिष्ट अतिथि बन्न पुगेका काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा सुरेशराज शर्माले कान्तिपुर डेन्टल कलेज काठमाडौँ विश्व विद्यालयको पहिलो डेन्टल कलेज भएको भन्दै स्तरीय शिक्षा दिन सफल भएको भन्दै प्रशम्सा गरे । उनले छोटो समयमा कान्तिपुरले आफूलाई अव्बल दर्जामा उभ्याएको बताए ।

कलेजका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले ११ बर्षको अवधीमा ६ व्याच बीडीएस र २ व्याच एमडीएस पास आउट भएको बताए । उनले आफ्नो कलेजमा डेन्टिस्ट्री तर्फ  हुने कुल ९ मध्ये  एमडीएसको ६  विषय अध्ययन हुने जानकारी दिए ।  उनले केडीसी टिचिङ हस्पिटलमा यो अवधीमा ६ लाख ७६ हजार २६६ जना विरामीले सेवा लिएको र आउटरिच प्रोग्राम अन्तरगर्त देशका ५५ जिल्लाका राखिएका शिविरबाट लाखौ जनता लाभान्वित भएको बताए ।

कार्यक्रममा सन् २००७ देखिका बीडीएस तर्फका कलेज टपरहरु क्रमश डा समृता श्रेष्ठ, डा सञ्जय पाण्डे, डा साधना अधिकारी, डा सञ्जीव लुईटेल, डा अनिता गुरुङ, डा रुपा मल्ल र डा पृथ्वी अधिकारीलाई सम्मान गरिएको थियो । यस्तै उत्कृष्ट कार्य गरेवापत स्टाफ अफ द एयरको रुपमा सिनियर एकाउन्टेन्ट पुरुषोत्तम अधिकारी र कर्मचारी रमिता खत्री सम्मानित भएका थिए ।

यस्तै बेस्ट टिचर्स अवार्डबाट ऋति श्रेष्ठ र डा दिप्सिखा बज्राचार्य सम्मानित भएका थिए ।

कार्यक्रममा पूर्व उपकुलपति प्राडा शर्मा र केयु स्कुल अफ् मेडिसिनका पूर्व डीन डा नरेन्द्र राणालाई विशेष सम्मान गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *