मन्दिरको प्रसाद खाँदा ११ को मृत्यु, ७० भन्दा बढी बिरामी

बीबीसी । भारतको एक मन्दिरमा प्रसाद खाएपछि ११ जनाको ज्यान गएको र दर्जनौं बिरामी भएको त्यहाँको प्रहरीले जनाएको छ।

दक्षिणी राज्य कर्नाटकस्थित एक मन्दिरमा भएको एउटा धार्मिक कार्यक्रममा प्रसाद खाएपछि करिब ७० जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको बताइएको छ।

प्रहरीका प्रवक्ताले उपचार गराइरहेका मध्ये ११ बिरामीहरूको अवस्था गम्भीर रहेको बीबीसीलाई बताएका छन्।

उक्त घटनापछि दुईजनालाई पक्राउ गरिएको बताइएको छ।

गुनासो
यो घटना सुलावाडी गाउँको किच्चुकुट्टी मारम्मा मन्दिरमा भएको हो।

एकजना स्वास्थ्य अधिकारीले उक्त खानेकुरामा विष हुनसक्ने बताएको स्थानीय सञ्चारमाध्यमले लेखेका छन्। ‘हामीलाई पूजा सकिएपछि गोलभेडा र भात खान दिइएको थियो जसमा अलि नमिठो गन्ध आइरहेको थियो,’ उक्त धार्मिक कार्यक्रममा सहभागीले संवाददातालाई भने।

‘जसले उक्त खाना फाले उनीहरू ठीक छन्,’ उनीहरूले भने।

‘तर जसले खाए उनीहरूले बान्ता गर्न थाले र पेट दुख्यो भन्दै गुनासो गरे।’

‘आश्चर्य’
उक्त घटना चमराजनगर जिल्लास्थित मारम्मा मन्दिरमा शुक्रवार भएको थियो, जहाँ एउटा विशेष धार्मिक कार्यक्रम भएको थियो। मन्दिरमा आएका भक्तजनलाई प्रसादको रूपमा ती खानेकुराहरू दिइएको बताइएको छ।

‘आज एउटा अभिषेकको कार्यक्रम थियो,’ अर्का एक प्रत्यक्षदर्शीले भने।  उक्त धार्मिक कार्यक्रमका लागि छिमेकी गाउँहरूबाट पनि मानिसहरू आएको उनले बताए।

प्रसाद खाने मानिसहरू मात्रै नभइ कौवाहरू पनि मरेका छन्।  उक्त समाचारबारे धेरैले सामाजिक सञ्जालमा आश्चर्य व्यक्त गरेका छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *