शिक्षण अस्पतालको कार्यकारी निर्देशक भए प्राडा प्रेम खड्गा

काठमाडौँ, २८ मंसिर । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल)को कार्यकारी निर्देशक प्राडा प्रेम खड्गा भएका छन् । शिक्षण अस्पतालका ग्यास्ट्रो विभाग प्रमुख समेत रहेका प्राडा खड्गाले आजै त्रिवि केन्द्रीय कार्यालय पुगी कार्यकारी निर्देशक भएको पत्र बुझेका हुन् ।

यद्धपी आइतबारबाट नयाँ जिम्मेवारी सम्हाल्ने बताएका छन् । त्रिवि कार्यकारी परिषद्ले करीब दुई साता अघि डाकेको बैठकले नै खड्गालाई निर्देशक बनाउने निर्णय गरेको थियो । तर चिठी दिएको थिएन ।

‘आज चिठी बुझेको छु । अब आइतबारबाट जिम्मेवारी सम्हाल्नेछु,’ खड्गाले नेपाली हेल्थसंग भने ।

यसअघि चिकित्साशास्त्र अध्ययन् संस्थान आइओएमका डीन प्राडा जगदीश अग्रवाल संयोजक, प्राडा अभिमन्यू झा र सह प्राडा प्रदीप ज्ञवाली सदस्य रहेको तीन सदस्यीय सर्च कमिटिले बरिष्ठताको आधारमा तीन जनाको नाम सिफारिस गरेको थियो ।

तीन नामहरुमा पहिलो नम्बरमा प्राडा खड्गा, दोस्रो नम्बरमा प्राडा योगेन्द्रप्रसाद सिंह र तेस्रो नम्बरमा प्राडा सुशील सिल्पकार थिए ।

गत ४ साउन देखि लागू हुने गरी तत्कालिन निर्देशक प्राडा दीपक महराले राजिनामा दिएपछि अहिलेसम्म टिचिङ हस्पिटल निमित्त निर्देशकको भरमा चलेको थियो । त्यसको जिम्मेवारी सहायक डीन मन्दिरा वन्तले पाएकी थिइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *