अध्ययन् भन्छ, ‘लक्षण विनानै पनि देखिन सक्छ स्तन क्यान्सर’

एजेन्सी । स्तन क्यान्सरको पहिलो र मुख्य लक्षण भनेकै स्तनमा गाँठा गुठी हुनु हो । तर,  बैज्ञानिकहरुले स्तनमा गाँठा गुठी नदेखिएका महिलाहरुलाई पनि स्तनक्यान्सर हुन सक्ने दावी गरेका छन् ।

भर्खरै गरिएको अनुसन्धानलाई हवाला दिदै उनीहरुले महिलाहरुलाई गाँठा बाहेकका अन्य लक्षणहरु पनि हुनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् ।

युनिभर्सिटी कलेज लण्डनका बैज्ञानिकहरु  स्तन क्यान्सर पत्ता लागेका २ हजार ३ सय महिलाहरुको लक्षण केलाएका थिए । सो क्रममा हरेक ६ मध्ये १ जनालाई स्तनमा गाँठा गुँठी नै नदेखिईकन क्यान्सर भएको पाइएको थियो । सोही कारण उनीहरुले स्तन क्यान्सरको लक्षण स्तनमा गाँठा बाहेक अन्य पनि हुनसक्ने भन्दै सचेत गराएका हुन् ।

महिलाहरुले स्तनमा गाँठा आएको मात्रै क्यान्सर हुनसक्ने भन्दै अन्य लक्षणको वेवास्ता गरेको पाइयो । जसले गर्दा क्यान्सर रोगको पहिचान धेरै ढिला हुन गयो । नेशनल क्यान्सर रिसर्च इन्स्टिीच्युटका निर्देशक डा. क्यारेन केनडीले भने, क्यान्सर रोग जति ढिलो पत्ता लाग्यो उत्तिकै जोखिम हुन्छ ।

डा.  केनडीले काखी निर सुन्निने, स्तनको निप्पलमा परिवर्तन हुने, स्तनबाट रगत आउने, स्तनमा विमिरा आउने जस्ता लक्षण क्यान्सरको हुनसक्ने भन्दै यस्तो लक्षण आएमा परीक्षण गरिहाल्न सुझाव दिएका छन् ।

उता अनुसन्धानकर्ताहरुले स्तनका गाँठा गुठि बाहेक अन्य लक्षणले पनि क्यान्सर रोग लागेको नलागेको थाह हुनसक्ने भन्दै महिलाहरुलाई आफै जाँच गर्ने केही सुझाव दिएका छन् ।

उनीहरुले दिएको सुझावहरु यसप्रकार छन्
१. स्तन वरिपरि गाँठा गुठी वा बाक्लो मांसपेशी देखिएमा क्यान्सरको लक्षण हुनसक्छ ।
२. एउटा वा दुबै स्तनको बनोट र आकार परिवर्तन भएमा पनि क्यान्सर हुनसक्छ ।
३.  स्तनको निप्पलबाट रगत बगेमा पनि त्यो क्यान्सरको लक्षण हुनसक्छ ।
४.  काखी वा त्यसवरपर सुन्निएमा वा गाँठा देखा परेमा पनि त्यो क्यान्सरको लक्षण हुनसक्छ ।
५.  स्तनमा डिम्पल जस्तो खाल्टो देखा परेमा पनि त्यो क्यान्सरको लक्षण हुनसक्छ ।
६.स्तनको मुन्टो (निप्पल) वरिपरि दाग वा धब्बा देखिएमा पनि त्यो क्यान्सरको लक्षण हुनसक्छ ।
७.  स्तनको मुन्टो ( निप्पल)को बनोट र आकार परिवर्तन भएमा पनि त्यो क्यान्सरको लक्षण हुनसक्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *