आठ तल्ले अत्याधुनिक भवन बनाउदै ईशान बाल अस्पताल

काठमाडौँ, २६ मंसिर । भाडाको भवनबाट उपचार सेवा उपलव्ध गराउँदै आएको बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालको अब आफ्नै भवन बन्ने भएको छ । अस्पतालका अध्यक्ष डा नारायणबहादुर थापाले आज नयाँ भवनको शिलान्यास गरेका छन् ।

टोखा नगरपालिका ५ श्रीटोलमा रहेको अस्पतालको साढे छ रोपनी जग्गामा आठ तल्ले अत्याधुनिक भवन बन्ने भएको हो । शिलान्यास पछि बोल्दै अध्यक्ष डा थापाले नयाँ भवन आगामी २० महिना भित्र निर्माण सम्पन्न गर्ने बताए ।

भुकम्प प्रतिरोधी तथा बेसमेट सहित बनाईन लागेको उक्त आठ तल्ले भवन कुल १०० शैय्या सम्म क्षमताको हुने बताइएको छ ।

विगत २४ बर्ष अघि स्थापना भएको सो अस्पतालमा नवजात शिशु तथा बाल शल्यक्रिया, एनआईसीयु, पीआईसीयु, महिला तथा प्रसूति, खोप सेवा, इएनटी सेवा, बच्चाको क्यान्सर, छाला तथा यौनरोग, आँखा, हाडजोर्नी तथा फिजियोथेरापी लगायतका सेवा उपलव्ध भएको अस्पतालले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *