त्रिवि शिक्षण अस्पतालको निर्देशकमा प्राडा प्रेम खड्गा

प्राडा प्रेम खड्गा

काठमाडौँ, २६ मंसिर । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले रिक्त रहेको त्रिवि शिक्षण अस्पताल ( टिचिङ अस्पताल) महाराजगञ्जको निर्देशकमा प्राडा प्रेम खड्गालाई नियुक्त गर्ने निर्णय गरेको छ । यद्धपी अहिलेसम्म खड्गाले नियुक्तिको पत्र पाएका छैनन् ।

स्रोतका अनुसार करीब १० दिन अघि बसेको कार्यकारीको बैठकमा बहुमत सदस्यले १ नम्बरमा सिफारिस भई आएका खड्गालाई नियुक्त गर्ने निर्णय गरेका थिए ।  यद्धपी पछि पदाधिकारीबीचमै खड्कालाई निर्देशक बनाउने भन्ने बारेमा असमझदारी बढेपछि गरिसकेको निर्णय पुन रोकिएको हो । तर, पछिल्लो समय निर्णय पुस्तिकामा उपकुलपति, रेक्टर र रजिष्ट्रार तीन जनाकै सहमति भएको छ ।

‘सम्भवत उहाँले आज पत्र पाउनुहुन्छ होला नभए आइतबार सम्म पाउनु हुन्छ कि,’ स्रोतले नेपालीे हेल्थलाई बतायो ।

यसअघि चिकित्साशास्त्र अध्ययन् संस्थान आइओएमका डीन प्राडा जगदीश अग्रवालको संयोजकत्वमा गठित तीन सदस्यीय सर्च कमिटिले बरिष्ठताको आधारमा तीन जनाको नाम सिफारिस गरेको थियो ।

तीन नामहरुमा पहिलो नम्बरमा प्राडा खड्गा, दोस्रो नम्बरमा प्राडा योगेन्द्रप्रसाद सिंह र तेस्रो नम्बरमा प्राडा सुशील सिल्पकार थिए ।

गत ४ साउन देखि लागू हुने गरी तत्कालिन निर्देशक प्राडा दीपक महराले राजिनामा दिएपछि अहिलेसम्म टिचिङ हस्पिटल निमित्त निर्देशक भरमा चलेको छ । निमित्त निर्देशकको जिम्मेवारी सहायक डीन मन्दिरा वन्तले पाएकी छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *