बाजुरा : चिसो बढेसँगै बिरामीको सङ्ख्यामा वृद्धि


बाजुरा, २६ मंसिर । चिसो बढेसँगै जिल्ला अस्पताल मार्तडीमा बिरामीको सङ्ख्या बढ्दै गएको छ । पहिले दैनिक १० देखि २० जना विरामी आउने उक्त अस्पतालमा अहिले दैनिक ५० देखि ६० जना बिरामी आउने गरेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकृत रामचन्द्र यादवले जानकारी दिए ।

जाडो बढेसँगै जिल्लाका विभिन्न ठाउँबाट दम, खुट्टा सुन्निने, पेट सुन्निने, निमोनियालगायत रोगका बिरामी उपचारका लागि आउने गरेका छन् ।

चिसोबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । मङ्सिर दोस्रो सातापछि बाजुरामा चिसो निकै बढेको छ ।

जिल्ला अस्पतालका चिकित्सक डा टीकाराम राईले जाडोको समयमा बालबालिका र वृद्धवृद्धाको विषेश हेरचाह गर्न सुझाव दिए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *