नेपाल आईडलकी अस्मितासंग र डा. भोला रिजालले गीत गाए

काठमाडौं २५ मंसिर ।  चर्चित रियालिटी सो नेपाल आइडलमा ‘टप फोर’मा पर्न सफल झापाकी अस्मिता अधिकारी नर्सिङ विषयकी विद्यार्थी हुन भन्ने कमैलाई थाह होला । उनले काठमाडौँस्थित नेपाल मेडिकल कलेज जोरपाटीबाट नर्सिङ अध्ययन् पुरा गरेकी हुन् ।

गायन पेशा र नर्सिङ पेशालाई संगसंगै अघि बढाँउछु भन्ने अस्मितालाई स्वागत तथा सम्मान गर्न मंगलबार (आज) नेपाल मेडिकल कलेज जोरपाटीले विशेष कार्यक्रम गरेको छ ।

सो अवसरमा अस्मिताले कलेजका अध्यक्ष एवं बरिष्ठ स्त्री रोग विशेषज्ञ डा भोला रिजालसंग गीत समेत गाएकी छन् ।
उनीहरुले स्टेज चडेर ‘ए कान्छा मलाई सुनको तारा खसाई देउ’ नामक गीत गाएका थिए ।

त्यसो त त्यहि गीत नर्सिङ अध्ययनका क्रममा ६ वर्ष अगाडी कलेजकै कार्यक्रमा डा. रिजाल र अधिकारीले स्टेजमा संगै गाएका थिए । मंगलबार कलेजद्धारा आयोजित स्वागत कार्यक्रममा डा रिजालले भने, ‘ छ बर्ष अघि अस्मिता र मैले कलेजकै कार्यक्रममा संगै गाएको गीत छ । जुन गीत आज पनि संगै गाउँने छौं ।’

डा. रिजालले अस्मिता अधिकारी कला र गलाले भरिपूर्ण भएको बताए । ‘अस्मिता कुनै चानचुने गायिका होइन नेपालकै नम्बर वान गायिका हो,’ डा. रिजालले भने ।

नर्सिङ क्षेत्रलाई छाड्दिन
नेपाल आइडलको टप – ४ मा पुग्न सफल अधिकारीले आफ्नो नर्सिङ पेसालाई नछाड्ने बताईन । ‘मेरो सानै देखिको चाहना नर्स र गायिका बन्ने थियो । आज दुवै पुरा भएको छ । म नर्सिङ पेसा र गायन क्षेत्रलाई संग संगै अगाडी बढाउने छु,’ उनले भनिन् ।

अस्मिताले आफ्नो नेपाल आईडलको यात्रा अन्तिम अन्तिम चरणमा पुग्न लागेको भन्दै आगामी दिनमा पनि सबैको सहयोग पाउने आसा गरिन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *