महीनावारी स्वच्छताको लागि प्याड बनाउँदै किशोरी

राँझा, २५ मंसिर । महीनावारीलाई सुरक्षित व्यवस्थापन गर्न किशोरीलाई नेपालगञ्जमा प्याड बनाउन सिकाइएको छ । बाँके र बर्दियाका विभिन्न नगरपालिका र गाउँपालिकाका समुदायबाट सहभागी किशोरीलाई महीनावारीसम्बन्धी अभिमुखीकरणसहित प्याड बनाउन सिकाइएको हो ।

भविष्यमा स्थानीयस्तरमा सस्तो मूल्यमा प्याड किन्नसक्ने अवस्था सिर्जना गर्न स्थानीय किशोरीलाई सीप प्रदान गरिएको गेरुवाका टोली प्रमुख केशव राणाले बताए ।

महीनावारीलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्न नसकेकै कारण बाँके र बर्दियामा अहिले पनि किशोरी विद्यालय छाड्न बाध्य रहेको उनले उल्लेख गरे । विद्यालयस्तरमा समेत महीनावारी स्वच्छता व्यवस्थापनका लागि सहज वातावरण नहुँदा महीनामा करीब पाँचदेखि सात दिनसम्म किशोरीको अध्ययनमा बाधा हुने गरेको उनको दाबी छ ।

महिला तथा बालबालिका कार्यालय बाँकेकी प्रमुख प्रज्ञा निरौलाले यो सीप केही व्यक्तिमा मात्र सीमित नभएर सबै किशोरीलाई प्रदान गर्न सकिए किशोरीमा आउने धेरै समस्या निराकरण हुने बताइन्। स्थानीयस्तरमा आर्थिक समस्याका कारण हुने असुरक्षित महिनावारी व्यवस्थापन गर्न सहयोग पुग्ने उनको विश्वास छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *